कञ्चनपुर,२१ मङ्सिर । कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको झर्नाखोला र चौधर नदीमा बन्ने पुल योजना क्षेत्रको सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले अनुगमन गर्नुभएको हो।
संसद विष्टले बिहीबार आफ्नो निर्वाचन क्षेत्र बेलडाँडी गाँउपालिका १ झर्नाखोला र ५ चौधर नदीमा बन्ने पक्की पुल निर्माण योजनाको स्थलगत अनुगमन गर्नुभएको छ।प्रदेश संसद विष्टसंगै बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र बहादुर अधिकारी, ईन्जिनियर हेमराज भट्ट, सहितका बेलडाँडीका स्थानीय जनप्रतिनिधीको उपस्थिति रहेको थियो। ।
यस अघि नै ठेक्का भएको चौधर नदीको पुल समयमै निर्माण गर्न निर्माण व्यवसायी डिल्लीराज लेखक सहित पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिनुभएको हो। झर्नाखोला पुल निर्माण स्थलको अनुगमन क्रममा निर्माण कार्यलाई छिट्टै ठेक्का प्रकृयामा जानका लागी छलफल गर्दै संसद विष्टले चौधर र झर्नाखोलाको नियन्त्रणका लागि तटबन्ध निर्माणका लागि समेत पहल गर्ने बताउनुभयो
प्रतिक्रिया दिनुहोस