कञ्चनपुर, २१ मङ्सिर । कञ्चनपुरको बेलडाँडी र बेलौरीबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलडाँडी गाउँपालिका-४ बैवाह कालिपुलियाबाट १ दशमलव ९३० ग्राम अवैध लागू औषध खैरो हेरोइन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा बेलडाँडी गाउँपालिका-२ बस्ने १८ वर्षीय किशोर, कृष्णपुर नगरपालिका-५ बस्ने १९ वर्षीय शिवराज भट्ट र शुक्लाफाँटा नगरपालिका-११ बस्ने २३ वर्षीय अर्जुन रावत रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले साइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसै गरी, कञ्चनपुरकै बेलौरी नगरपालिका-७ पौलाहबाट ७७ मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने २९ वर्षीय पुरुषोत्तम राना, २२ वर्षीय जयराम राना र बेलौरी नगरपालिका-२ गोकुलपुर बस्ने २८ वर्षीय मङ्गल चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००७ प ९९०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस