२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

लालझाडीका इन्जिनियर कुट्ने ठेकेदारले मागे माफी 


  • २०८० मंसिर २०, बुधबार मा प्रकाशित १ साल अघि
  • ५४८ पाठक संख्या
  • लालझाडी , २० मङ्सिर ।कञ्चनपुर लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रशाद अवस्थीमाथि कुटपिटमा संलग्न ठेकेदार भीम सेन राना सहित तीन जानले लिखित माफी मागेका छन् । कुटपिट गरिएको १० दिनपछि  ठेकदार राना सहित उनका सहयोगी जगदिश राना र नरेश रानाले लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना गाउँ पालिकाका प्रबक्ता आशाराम राना ,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की , स्थानीय तह कर्मचारी युनियनका सुदुर पश्चिम् अध्यक्ष अशोक पाण्डे लगायत निर्माण ब्यवसायीको उपस्थितिमा सार्वजनिक रुपमा बुधबार मागेका हुन् ।

    इन्जिनियर अवस्थीले कुटपिटपछि कन्दकला कस्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक राना सहित तीन जना विरुद्ध अभ्रद्र व्यवहारमा जाहेरी दिएका थिए । प्रहरीले ठेकेदार रानालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरि रहेको थियो ।

    इलाका प्रहरी कार्यालय बेलौरीमा इन्जिनियर अवस्थी र ठेकेदार रानाबीच मिलापत्र गरी विवाद हल गरिएको छ । निर्माण व्यवसायी संघ कञ्चनपुरका सचीव सुर्य चन्द र निर्माण ब्यवसायी राम खड्काको पहलमा बुधबार भएको छलफलपछि कुटपिट प्रकरणमा सहमति भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट