२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

पुनर्वासको आइ बि आर डि बजार क्षेत्र प्रशोधन सहितको ढल निकास योजनाको पुर्व खानेपानी मन्त्री मगर द्वारा अनुगमन


  • २०८० मंसिर १८, सोमबार मा प्रकाशित १ साल अघि
  • ६७४ पाठक संख्या
  • पुनर्वास ,मङ्सिर १७ कञ्चनपुरको पुनर्वास नगरपालिकाको वार्ड ३,४र ६ नम्बरमा निर्माणाधिन क्षेत्र प्रशोधन सहितको ढल निकास को पुर्व खानेपानी मन्त्री मगर द्वारा सोमबार अनुगमन गर्नुभएको हो।

    तत्कालीन पुर्व खानेपानी मन्त्री बिना मगरले आफ्नो कार्यकालमा खानेपानी मन्त्रालयको आर्थिक बर्ष २०७६/०७७ को बजेट बाट उच्चकोटि निर्माण सेवाले पुनर्वास र टाउनमा सञ्चालन भएको निर्माणाधिन क्षेत्र प्रशोधन सहितको ढलको परियोजनाको आइ बि आर डि बजार क्षेत्रमा करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको उच्चकोटि निर्माण सेवाका निर्देशक सुरेशकान्त पन्तले जानकारी दिनुभयो ।

    प्रशोधन केन्द्र पुनर्वास नगरपालिका वडा नम्बर ४ मा रहेको नमुना महिला सामुदायिक वन भित्र बनाउनका लागि पहल भएपनी बन कार्यालयका कारण उक्त प्रशोधन केन्द्र काम रोकिएदिए पछि  अन्तिम चरणको काम रोकिन पुगेको निर्माण कम्पनीले जनाएको छ। सोमबार अनुगमनका क्रममा कालिका बजार ब्यवस्थापन समितीका पदाधिकारी,ठेकेदार कम्पनीका प्रतिनिधि ,स्थानीय जनप्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो। पुनर्वास नगरपालिकाको वडा नम्बर ३,४ र ६ मा निर्माण सम्पन्न भएको ३.५ किलोमीटर कालो पत्रे सहितको बाटो र १ किलोमिटर कालोपत्र नभएको बाटो सहित गरि ४.५ किलोमीटरमा काम गुणस्तरीय भएको पुर्व खानेपानीमन्त्री बिना मगरले बताउनुभयो।

    देशभरमा काठमाडौको गुहेस्वरीमा बनेको प्लाण्ट पछी कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासको आइ बि आर डि ,टाउन र बेलौरी नगरपालिकाको बजार क्षेत्रमा योजना हालिएको थियो। आइ बि आर डिको करिब ९० प्रतिशत काम सम्पन्न भएको छ। अब हामीले नगरपालिका हस्तान्तरण गर्ने तयारी गरिरहेकाको निर्माण सेवा कम्पनीको भनाइ छ।पुनर्वासमा अब हामी अहिले सम्पन्न हुन लागेको प्रशोधन सहितको ढल निकास सहितको योजना अन्तिम केन्द्र बिन्दुका लागि खानेपानी मन्त्रालय बाट बन मन्त्रालय लाई पत्राचार गरिरहेको  पुर्व खानेपानी मन्त्री मगरले बताउनुभयो ।पुनर्वासको टाउन बजार र बेलौरी बजारमा उक्त योजना परेको थियो । पुनर्वास नगरपालिका ३, ४ र ६ वडाको आईबिआरडी बजार संचालन हुने उक्त योजना उक्त योजना सम्पन्न भएपछि बजारको फोहोर व्यवस्थापनका साथै सिँचाई कृषिका लागि किसान लाभान्वित हुनेछन ।पुनर्वास नगरपालिका  वडा नम्बर ४ का वडाध्यक्ष मनोज जैसीले उक्त योजना संचालन भएपछि बजार क्षेत्रको फोहोर व्यवस्थापन भई थप सुविधा हुनेमा बिश्वास राख्नुभएको छ।नेकपा माओवादी केन्द्रका नेता एव पुर्व खानेपानीमन्त्रीका स्वकीय सचिव दिपक तिमिल्सेनाले आफैले हालेको उक्त योजनाको कार्य प्रगतिबारे पुर्वमन्त्री बीना मगरले स्थलगत अनुगमन गर्दै शिघ्र कार्य सम्पन्न गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट