२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

बिओपी थापाचोकका प्रमुख लामिछानेको बिदाई देवकोटाको स्वागत


  • २०८० मंसिर ११, सोमबार मा प्रकाशित १ साल अघि
  • ९३५ पाठक संख्या
  • माधब पौडेल,११ मङ्सिर। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको सशस्त्र प्रहरी बल बिओपी थापाचोकका प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिवेक लामिछानेको सोमबार एक कार्यक्रमका बीच बिदाई गर्दै नयाँ बिओपी प्रमुख का रुपमा आउनुभएको  सशस्त्र प्रहरी निरीक्षक नवराज देवकोटा स्वागत कार्यक्रमको आयोजना गरिएको छ।

    कार्यक्रममा बेलौरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कलबिर चौधरी ,बेलौरी उद्योग बाणिज्य संघका सदस्य एवं युवा ब्यवसायी दिनेश कुवर,बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष सुरज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षकहरुको ६ /६ महिनामा नियमित सरुवा गर्ने कार्यबिधी रहेको छ।बिदाई कार्यक्रममा बोल्ने बक्ताहरुले सशस्त्र प्रहरी निरीक्षक लामिछानेले ६ महिना बस्दा गरेका कामको प्रशंसा गरेका थिए ।भने थापाचोकमा ब्यवसाय गर्दै आइरहेको ब्यवसायीहरुले समेत  सयुक्त बिदाई र स्वागत गरेका छन

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट