२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

बेलौरीमा रहेको शिद्देश्वर कृषि सहकारी सस्था लिमिटेडको १२ औ साधारण सभा सम्पन्न


  • २०८० कार्तिक २३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ६९९ पाठक संख्या
  • माधब पौडेल, २३ कार्तिक ।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटमा रहेको शिद्देश्वर कृषि सहकारी सस्था लिमिटेडको १२ औ साधारण सभा बिहीवार सम्पन्न भएको छ।

    कार्यक्रमको सभापतित्व शिद्देश्वर कृषि सहकारी सस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र सिंह बिष्ट प्रमुख अतिथि बेलौरी नगरपालिका कार्यालयका नगरप्रमुख पोतिलाल चौधरी ,बिशिस्ट अतिथि बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी ,अतिथिमा समाजसेवी चन्द्र बहादुर बडुवाल ,रघुबिर चन्द आदर्श ग्रामीण विद्युत सहकारी सस्थाका अध्यक्ष सन्त बहादुर बडुवाल लगायत सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रमको स्वागत मन्तव्य शिद्देश्वर कृषि सहकारी सस्था लि को उपाध्यक्ष खगिसरा बिष्ट राख्नुभएको थियो भने सस्थाको आर्थिक बर्षको आर्थिक प्रतिबेदन सस्थाका लेखा समिती सयोजक शेर सिंह भण्डारीले २०७९/०८० को कुल आम्दानी  १९ लाख २०हजार ७ सय ४९ रुपैयाँ ४८ पैसा र  कुल खर्च १५ लाख ३७ हजार १सय ४० रुपैयाँ ६५ पैसा सस्थाको खुद मुनाफा ३ लाख ८३ हजार ६ सय८ रुपैयाँ ८३ पैसा रहेको जानकारी दिनुभयो।सस्थाले मार्फत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत बेलौरी नगरपालिका कृषि बिकाश शाखा बाट २०७९/०८९ मा ५० प्रतिशत अनुदानमा धान पकेट क्षेत्रका लागि प्राप्त कृषि सामाग्री बाट कृषक लाभान्वित भएको शिद्देश्वर कृषि सहकारी सस्थाका अध्यक्ष बिष्टले बताउनुभयो ।

    २०६९ सालमा सहकारी डिभिजन कार्यालय कञ्चनपुरमा बिधिबत रुपमा स्थापना भएको सस्थामा ३९५ जना सेयर सदस्य रहेको सेयर पुजी ४८ लाख ३०हजार १ सय रहेको सस्थामा ३ जना कर्मचारी मार्फत दैनिक बचत,मासिक बचत,बच्चाहरुका लागि खुत्रुके बचत लगायत कृषकहरु लाई बिउ बिजन मलखाद सेवा सस्थाको सदस्यको मृत्युबरण भएमा क्रिया खर्च बापत ५ हजार र सस्थाको महिला सदस्यको हकमा २ सन्तान सम्मका लागी १ हजार ५ सयका दरले सुबिधा रकम उपलब्ध गराइरहेको शिद्देश्वर कृषि सहकारी सस्था लिमिटेडका प्रबन्ध निर्देशक युवराज अर्यालले जानकारी दिनुभयो ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले मलाई प्रमुख अतिथि रुपमा निमन्त्रणा दिई बोलाउनु भएकोमा सस्थालाई धन्यवाद ज्ञापन गर्दै नगरपालिका बाट बिगतका बर्ष झै यस बर्षमा पनि कृषि सामान उपलब्ध गराउनका लागी पहल गर्ने पुरैनी तालको ठेक्काको विषय र सरक्षणका लागि दीर्घकालीन योजना बनाउदै सहकारी सस्था लाई सहयोग गर्ने बताउनुभयो।कृषि कार्यक्रम बाट बढी भन्दा बढी रोजगार दिनका लागि आफू तत्पर रहेको समेत बताउनुभयो।कार्यक्रमको समापनमा बोल्दै सभापति एवं सहकारी सस्थाका अध्यक्ष बिष्टले सहभागी हुनुहुने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुभयो । साधारणसभामा सहभागी प्रमुख अतिथि ,बिशिस्ट अतिथि ,अतिथिहरु लाई मायाको चिनो प्रदान गरिएको थियो।कार्यक्रम सञ्चालनको सस्थाका सल्लाहकार सयोजक राम सिंह बडुवालले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट