बेलौरी , २१ कार्तिक । कञ्चनपुरको बेलौरीमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो बेलौरी नगरपालिका वडा नम्बर ९ डाँडाकुन्डास्थित नहरमा डुबेर ७ वर्षीय एलेक्स बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ बस्ने केशव बोहराका ७ वर्षीय छोरा एलेक्स दशैंदेखि बेलौरी स्थित मामाघरमा बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस