२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

गएराति गएको भुकम्पको अपडेट


  • २०८० कार्तिक १८, शनिबार मा प्रकाशित १ साल अघि
  • ३३९ पाठक संख्या
  • कञ्चनपुर, १८ कार्तिक । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । भूकम्पको अध्ययन, अनुसन्धान र अनुगमन गर्ने संस्था युएसजिएसले दिएको जानकारी अनुसार शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ५.६ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । नेपालका अधिकांश भूभाग सहित चीन र भारतका केही भूभागमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

    भूकम्पबाट केही ठाउँमा जनधनको ठूलो क्षति भएका खबरहरू प्राप्त भइरहेका छन् । यद्यपि पूर्ण विवरण भने आउन बाँकी छ । प्रभावित क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध भएकोले सूचना आदानप्रदानमा कठिनाइ भइरहेको छ । पछिल्लो प्राप्त जानकारी अनुसार जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति भएको छ । जाजरकोटमा कम्तीमा पनि ९२ जना र रुकुम पश्चिममा कम्तीमा पनि ३६ जना गरि १२८ जनाको ज्यान गएको खबर प्राप्त भएपनि सबैको सनाखत हुन बाँकी छ । देशका विभिन्न क्षेत्रमा गरी दुई सयभन्दा बढी व्यक्तिहरू घाइते भएका छन् ।

    नेपाल सरकार, कर्णाली प्रदेश, त्यहाँका स्थानीय तहहरू, जिल्ला प्रशासन कार्यालय, रेडक्रस लगायतका निकाय, सरकारी, गैरसरकारी तथा निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधिहरू, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी र स्थानीय नागरिकहरूको टोली उद्धार तथा राहतका कार्यमा संलग्न रहेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट