२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

बेलौरी काठमाडौ समाजले तिर्थयात्री जेष्ठ नागरिक लाई जुस बितरण


  • २०८० कार्तिक १७, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ९६२ पाठक संख्या
  • काठमाडौ ,कार्तिक१७ ।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ ले तिर्थयात्रामा ल्याएका जेष्ठ नागरिक लाई बेलौरी काठमाडौ समाजले जुस बितरण गरेको छ।

    बेलौरी काठमाडौ समाजका अध्यक्ष सन्देश भण्डारीले बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल मार्फत गौशालाको धर्मशालामा बसेका ३१ जना जेष्ठ नागरिक लाई   जुस हस्तान्तरण गरेको वडाध्यक्ष ढकालले जानकारी दिनुभयो ।बेलौरी समाज काठमाडौले कोभिडको समयमा औसधि तथा स्वास्थ्य सामाग्री,गरिब बिपन्न परिवार लाई  आर्थिक एवं खाद्यान्न गर्दै आइरहेको बेलौरी काठमाडौ समाजका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

    तिर्थयात्रामा आएको टोलिले शुक्रबार पशुपतिनाथको दर्शन गरेका छन भने शनिबार स्वयम्भू दर्शन ,चितवनमा रहेको पबित्र स्थल देवघाट र नवलपुरमा रहेको शाश्वत धामको दर्शन गराइने बेलौरी नगरपालिका वाड नम्बर ४ का वडा सदस्य शिबराज रानाले जानकारी दिनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट