२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

बेलौरी नगरपालिका ४ द्वारा जेष्ठ नागरिक लाई तिर्थयात्राका लागि पशुपतिनाथ लैजादै


  • २०८० कार्तिक १६, बिहिबार मा प्रकाशित २ साल अघि
  • ७०७ पाठक संख्या
  • बेलौरी ,कार्तिक १६ ।कञ्चनपुरको बेलौरी नगरपालिका वडा ४ द्वारा जेष्ठ नागरिक लाई ४ दिने तिर्थयात्राका लागि बिहिवार काठमाडौ प्रस्थान गरेको छ।

    बेलौरी नगरपालिका वडा नम्बर ४ कार्यालयले आफ्ना वडाभित्रका ६८ बर्ष देखी १०२ बर्ष मध्य बाट ३० जना जेष्ठनागरिक लाई काठमाडौको पशुपति नाथ मन्दिर स्वयंम्भु नाथ लगायत चितवनमा रहेको देवघाट लगायतको दर्शन गराइने बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाले ले जानकारी दिनुभयो ।बुढेसकालमा जेष्ठ नागरिकहरु लाई धर्म प्रती बढी उत्सुकता हुने भएकाले यो आर्थिक बर्षमा लक्षित बर्ग अन्तर्गत जेष्ठ नागरिकहरुका लागि छुट्टाइएको वजेट मार्फत तिर्थयात्रा गराउन लागिएको समेत बताउनुभयो । वडा नम्बर ४ कार्यालयले जेष्ठ नागरिकका लागि बिगतका बर्षमा जेष्ठ नागरिक लक्षित कार्यक्रम बाट जाडो महिनामा न्यानो लुगा बितरण , स्वास्थ्य परिक्षण लगायतको विविध कार्यक्रम गर्दै आइरहेको थियो। काठमाडौ जान लागेको  टोलिमा जेष्ठ नागरिक,स्वास्थ्यकर्मी , स्वयंसेवक लगायत ४० जनाको सहभागिता रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट