बेलौरी, कञ्चनपुर, १६ कार्तिक । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ पचुई स्थित इँटा भट्टा नजिकबाट लागू औषध ब्राउन सुगर सहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ शङ्का लागी चेकजाँच गर्दा बेलौरी नगरपालिका वडा नम्बर ६ हात्तीबोझा बस्ने २९ वर्षीय जयराम रानाको साथबाट ५.७० ग्राम लागू औषध खैरो हेरोइन फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस