कञ्चनपुर, कार्तिक ११। राष्ट्रिय स्वतन्त्र पार्टीले लागुऔषध दुर्ब्यसनी न्यूनिकरणका लागि कञ्चनपुरको बेलडाँडीमा सडक नाटक गरेको छ । शनिबार जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीमा लागुऔषध दुर्ब्यसनी न्यूनीकरणका जनचेतनामूलक लागि सडक नाटक गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीका सभापति तेज सिंह धामीले बेलडाँडीका विभिन्न स्थानमा जनचेतनामुलक सडक नाटक गरिएको बताउनुभयो। रास्वपा सभापति धामीका अनुसार सिद्धचोक, बेलडाँडी बजार, झिलमिला, खैरिघाट सहितका स्थानमा गरिएको छ ।
दिनप्रतिदिन युवाहरु कुलतमा लिप्त हुने प्रविधि एकाएक बढ्दै गएपछि यस क्षेत्रको अत्यन्तै जटिल समस्याका रुपमा रहेको लागुऔषध दुर्ब्यसनी समस्याको न्यूनीकरण गर्ने उदेश्यले वडाका सार्वजनिक स्थल र चोकमा जनचेतनामूलक सडक नाटक प्रर्दशन गरिएको समेत जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस