बेलौरी २२ असोज । कञ्चनपुरको बेलौरी नगरपालिकाले लागुऔषध विरुद्धको महाअभियान २०८० को असोज २६ गते बेलौरीको खुला मंचमा आयोजना गर्ने भएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै पालिकाले जानकारी दिएको छ।
बेलौरी नगरपालिका भारतिय सिमानाका नजिक रहेको पालिका भएर लागुऔषधका प्रयोगकर्ता एवम व्यापारीहरुले यही नाका प्रयोग गर्ने भन्दै बेलौरी नगरपालिका र ईलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त आयोजनामा लागुऔषध विरुद्धको महाअभियान २०८० गरिने नगर प्रमुख पोतीलाल चौधरीले जानकारी दिएका छन् । कार्यपालिकाको निर्णय अनुसार महाअभियानको आयोजना गरिएको बताउनुभयो ।
विगत ५ वर्षमा बेलौरी नगरपालिका क्षेत्रबाट लगभग २ सय जना लागुऔषधका प्रयोगकर्ता, व्यपारीहरु पक्राउ परेको तथ्याङक प्रहरीले दिएको र जसमध्ये ९१ जना माथी मुद्धा चलाईएको नगर प्रमुख चौधरीले बताए । सेवन गर्ने को संख्या प्रत्येक वर्ष बढदै गईरहेको अवस्थामा अब आउने केही वर्षमा प्रत्येक घरमा एकजना लागुऔषध प्रयोगकर्ता फेला पर्न सक् भन्दै चिन्ता लागेको बताउनुभयो । साथै कञ्चनपुर जिल्लामा एउटा रिह्याब सेन्टरको आवस्यक्ता रहेको र मुख्य मन्त्रीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा यी समस्याहरु राखिने उनले बताए । साथै आफनो पालिकाले कैलालीमा संचालनमा आउने रिह्याब सेन्टरलाई ५ लाख रुपैँया सहयोग पनि गरिएको नगर प्रमुख पोतीलाल चौधरीले जानकारी दिनुभयो ।
असोज २६ गते बेलौरी बजारमा भव्य र्यालिको अयोजना गर्दै बेलौरी नगरपालिकामा रहेका हरेक टोल समुदाय बिद्यालयमा जनचेतना मुलक छलफल र बिभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । साथै पालिकाले लागु पदार्थ सेवनकर्तालाई जाँच गर्ने मेसिन पनि ईलाका प्रहरी कर्यालयलाई प्रदान गर्ने भएको छ । कुनै पनि संकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उसले लागुपदार्थ सेवन गरेको छ वा छैन भनेर पनि चेकजाँच गरिने भएको छ ।उक्त महाअभियानको दिनमा बिभिन्न जनचेतना मुलक लेखहरु लेखिएका ४ हजार टिसर्ट को पनि व्यवस्था गरिएको छ समेत आयोजक्ले जानकारी दिएको छ। ईलाका प्रहरी कार्यलय बेलौरीका ईन्चार्ज प्रहरी निरिक्षक गौरीप्रशाद जैशीले बजारमा बढदै गएको लागुऔषधको बजार मागलाई कम गर्ने, उत्पादनलाई कम गर्ने र यसबाट हुने असर क्षतीबारे जानकारी प्रदान गर्न बिभिन्न कार्यक्रमको आयोजना गरिएको प्रहरी निरीक्षक जैशीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस