२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

केमिकलको कारण धान र उखु बालीमा क्षति नभएको भागेश्वर सुगर मिलको दाबी


  • २०८० आश्विन १९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४५६ पाठक संख्या
  • पुनर्वास, १९ असोज । औद्योगिकजन्य रसायनका कारण धान र उखु बालीमा क्षति पुर्याएको भन्दै कञ्चनपुर पुनर्वासका किसानले क्षतिपूर्तिको माग गर्दै आन्दोलन थालेपछि पुनर्वासमा रहेको भागेश्वर सुगर मिलले आज पत्रकार सम्मेलन गर्दै मिलका कारण धान र उखु बालीमा क्षति नभएको दाबी गरेको छ ।

    गत साउन २४ र २५ गतेको बाढीका कारण डुबान भएको पुनर्वास नगरपालिका वडा नं.– ५, ७ र ९ मा धान र उखु नष्ट भए पछि किसानहरुले मिलका कारण नोक्सान भएको संका गरेका थिए । किसानको संका निवारणका लागि किसानको खेतमा जम्मा भएको पानी र मिलबाट निस्किने पानीको परिक्षण गरिएको थियो ।

    बाढी आएका बेलो मिलबाट बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) ले क्षति पुर्याएको किसानले दाबी गरेका थिए तर मिलबाट बगेको बायोकेमिकल अक्सिजन डिमान्ड (बिओडी) र केमिकल अक्सिजन डिमान्ड (सिओडी) ले क्षति गर्न नसक्ने रिपोर्टले देखाएको मिलले जिकिर गरेको छ ।
    मिलले बाढीका बेला आउने लेदो बालिमा टासिएर बालिलाई नोक्सान पुर्याएको बताएको छ । उनले यस्तै समस्या कैलालीको भजनिमा समेत देखा परेको बताउदै त्यहाँ त मिल छैन कहाँबाट केमिकल आयो भन्दै सवाल गरेका थिए । बाढी संगै आउने लेदोले बालीको बृद्धिविकासमा समस्या ल्याउने हुनाले बाली मर्ने बताएका थिए ।
    बाढी आएपछि पुनर्वासमा २४२ बिघामा लगाइएको धान र ११० बिघामा लगाइएको उखुखेतीमा क्षति भएको छ।
    पिडित किसानहरुले धानबालीको क्षेतिपुर्तिको माग राख्दै पुनर्वास नगरपालिकामा धर्नामा दिएका छन । बाढी पिडित तथा किसान संघर्ष समितिले नगरपालिकाको केहि बेर मुल गेटमै तालाबन्दी गरेका हुन् ।
    स्थानीय भागेश्वर चिनीमिलको केमिकलबाट किसानको धान खेती नष्ट भएको बताउदै छानबिन गरि किसानलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्दै घेराउ गरेका हुन्

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट