२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

शोकमा साथ दिदै किसान बहुउद्देश्यीय सहकारी बिमा बापतको रकम हस्तान्तरण 


  • २०८० आश्विन १६, मंगलबार मा प्रकाशित २ साल अघि
  • २०२१ पाठक संख्या
  • माधब पौडेल ,असोज १६ ।कञ्चनपुरको बेलौरीमा रहेको किसान बहुउद्देश्यीय सहकारी सस्था लि शाखा कार्यालय  बेलौरीले श्रद्धाञ्जली सभा तथा सुबिधा बितरण रकम हस्तान्तरण।

    सस्थाको बेलौरी शाखाले मंगलबार बेलौरी नगरपालिका वडा नम्बर ४ बस्ने सेयर सदस्य पुनम श्रेष्ठको निधन पश्चात् निजको श्रीमान चन्द्र बहादुर श्रेष्ठ लाई रु ४०४४२१।- सदस्य सुरक्षण कोष बापत रकम हस्तान्तरण गरिएको किसान बहुउद्देश्यीय सहकारी सस्थाको बेलौरी शाखा का प्रमुख बिरेन्द्र प्रसाद जैशीले जानकारी दिदै शेयर सदस्य भएर बचत तथा कर्जा कारोबार बापत  किसान बहुउद्देश्यीय सहकारी सस्था लिले सदस्य सुरक्षण कोषबाट सुबिधा उपलब्ध गराइएको समेत बताउनुभयो। २०५२ सालमा स्थापना भइ सञ्चालनमा रहेको बताउनुभयो ।कार्यक्रममा मौन धारण गर्दै श्रद्धाञ्जली समेत गरिएको थियो। कार्यक्रमको सभापतिकिसान बहुउद्देश्यीय सहकारी सस्था लि शुक्लाफाटा ईलाका प्रमुख गोरख बहादुर शाह प्रमुख ,अतिथि बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा सदस्य रुद्र प्रसाद अधिकारी अतिथि स्वयंसेविका लगायत ,केन्द्रका सम्पुर्ण सदस्य हरुको सहभागीता रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा सदस्य अधिकारीले शोकको समयमा सहकारी सस्थाले मृतक सदस्यका घरपरिवारलाई सुरक्षण कोषको रकम हस्तान्तरण गरेकोमा सस्था लाई धन्यवाद ज्ञापन गर्नुभयो ।समापनमा बोल्दै कार्यक्रमको सभापति शुक्लाफाटा ईलाका प्रमुख गोरख बहादुर शाहले सहकारी आबद्ध सदस्य पुनम श्रेष्ठको मृत्यु भएको खबरले दुखी भएको बताउनु हुँदै यो रकम सदस्यका परिवारजनमा सहयोग होस भन्ने उदेश्यले सुरक्षण कोषको रकम हस्तान्तरण गरिएको बताउनुभयो ।किसान बहुउद्देश्यीय सहकारी सस्थाले सुदुर पश्चिम् प्रदेश र लुम्बिनी प्रदेशमा गरि ४१ ओटा शाखा कार्यालय बाट ७८८८२ सेयर सदस्यहरु लाई सेवा दिइरहेको छ।कार्यक्रमकाे सञ्चालन किसान बहुउद्देश्यीय सहकारी सस्था लि बेलौरी शाखाको लेखा सहायक सिर्जना थापा मगरले गर्नुभएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट