२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

नेकपा एमाले : प्रदेश अधिवेशनमा लाग्न इन्चार्जको आह्वान


  • २०८० आश्विन ११, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५१० पाठक संख्या
  • धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माले सबै कार्यकर्तालाई अधिवेशनको तयारीमा खटिन आग्रह गरेका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रचार तथा प्रकाशन विभागको बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘प्रदेश अधिवेशन नजिकै आइरहेको छ । पालिकामा प्रतिनिधि छनौटदेखि प्राविधिक कुराहरूमा सबै नेता कार्यकर्ताहरू खटिएर लाग्न आग्रह गर्दछु’ उनले भने । अहिले प्रतिक्रियावादी शक्तिले नेकपा एमालेका नेताहरूको नाम जोडेर सामाजिक सञ्जालमा दुष्प्रचार गरिरहेकाले प्रचार तथा प्रकाशन विभागले त्यस्ता गतिविधि गर्नेहरूको पहिचान गर्नुपर्ने उनलेे बताए ।

    कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकाले अबको नेतृत्व पार्टीको छवि अझ उचाइमा पुगाउने गरी आउने विश्वास व्यक्त गरे । बैठक भर्चुअल माध्यमबाट गरिएको थियो ।

    कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशका प्रचार तथा प्रकाशन विभाग इन्चार्ज कमला बोहराले सबै जिल्लामा प्रचार तथा प्रकाशन विभाग सशक्त हुनुपर्नेमा जोड दिइन् । प्रदेशको प्रचार तथा प्रकाशन विभाग प्रमुख एवम् अधिवेशन प्रचार समितिका संयोजक बलदेव रेग्मीको अध्यक्षतामा भएको बैठकमा, पार्टीको प्रचार तथा प्रकाशन विभागका सदस्य हेमन्त पौडेल, प्रेस चौतारीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लोग्शरी कुँवर, अध्यक्ष कृष्ण ओली, विभिन्न जिल्लाका प्रचार तथा प्रकाशन विभागका प्रमुखहरू, प्रचार विभागका सदस्यहरूको सहभागिता रहेको थियो । बैठकले प्रदेश अधिवेशनलाई भव्य रूपमा सफल पार्नका लागि खटिने निर्णय गरेको छ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको अधिवेशन असोज २१ र २२गते तय भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट