२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

बेलौरी छोटी भन्सारको झाडी सफाइ गर्दा प्रक्रिया नपुगेको भन्दै बनले लिन थाल्यो बयान


  • २०८० आश्विन ८, सोमबार मा प्रकाशित १ साल अघि
  • ५६० पाठक संख्या
  • बेलौरी, ०८ असोज । कञ्चनपुरको बेलौरी स्थित छोटी भन्सार कार्यालयको परिसरमा रहेको झाडी सफाइ गर्दा प्रक्रिया नपुगेको भन्दै डिभिजन बन कार्यालय कञ्चनपुरले बयान लिन थालेको छ । विगत डेढ वर्षदेखि पूर्ण रूपमा बन्द रहेको बेलौरी छोटी भन्सार कार्यालय पुनः सञ्चालनको लागि पहल भइरहेको अवस्थामा साउन १३ गतेका दिन केही बोटबिरुवा सहितको झाडी सफाइ गरिएको थियो । भन्सार कार्यालयको नाममा रहेको जग्गामा एक परिवारले वर्षौँदेखि फलफूल, कागती र अन्य बोटबिरुवा लगाई उपभोग गरिरहेको तर त्यहाँ बनेको झाडीमा यौनजन्य गतिविधि, लागू औषध कारोबार, मदिरा सेवन, डाँका चोरी सहितका गतिविधि हुने गरेको र भन्सार पुनः सञ्चालनका लागि झाडी समेत बाधक बनेको निष्कर्ष निकाली स्थानीय सरकार, उद्योग वाणिज्य सङ्घ, सर्वदलीय, सर्वपक्षीय संयन्त्र, सुरक्षा निकाय, समाजसेवी, बुद्धिजीवी, युवा समूह तथा आम सर्वसाधारण गरी सयौँ व्यक्तिहरूको उपस्थितिमा झाडी कटान गरिएको थियो ।

    झाडी सफाइको संयोजन वडा कार्यालयले गरेको थियो । त्यस क्रममा जामुन, सिमल, आँप, निम लगायतका बोटबिरुवा समेत काटिएको भन्दै उजुरी परेपछि विपक्षी बनाइएका व्यक्ति तथा संस्थाहरूलाई डिभिजन बन कार्यालय कञ्चनपुरले प्रक्रिया नपुर्‍याई कटान गरेको भनी बयान लिन थालेको हो । अहिले बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरीको बयान लिने कार्य भइरहेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवले बताउनुभएको छ । त्यसपछि अन्य विपक्षीहरूको समेत बयान लिएर निष्कर्षमा पुगिने उनको भनाइ छ । सार्वजनिक हित हुने कार्यको नेतृत्व गरेका वडाध्यक्षलाई हिरासतमै राखेर बयान लिएको भन्दै चौतर्फी आलोचना समेत भइरहेको छ । तर राम्रैको लागि उक्त कार्य गरिएको भए पनि बन ऐन अनुसार, प्रक्रिया पुर्‍याउनु पर्नेमा त्यसो नगरी कटान गरिएको हुँदा कानुन बमोजिम हुने  डिभिजन बन कार्यालयले जनाएको छ ।

    “प्रक्रिया नपुर्‍याएको देखिएपछि आवश्यक अनुसन्धानका लागि बयान लिने कार्य हाम्रो नियमित काम हो”, डिभिजन बन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी भन्नुहुन्छ, “यसलाई ठुलै अपराध गरेको जसरी प्रचार गर्न मिल्दैन ।” केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा वडाध्यक्षलाई काठ तस्करीको आरोपमा पक्राउ गरिएको समाचार प्रति ध्यानाकर्षण भएको जनाउँदै उहाँले त्यस्ता भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण नगर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ । उहाँले आम नागरिकलाई समेत त्यस्ता भ्रमपूर्ण समाचारको पछि नलाग्न पनि अनुरोध गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट