२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

सन नेपाल लाइफ इन्स्योरेन्स बेलौरी शाखाले पनि मनायो छैठौं वाषिर्कोत्सव 


  • २०८० आश्विन ६, शनिबार मा प्रकाशित १ साल अघि
  • ७२८ पाठक संख्या
  • बेलौरी ,०६ असोज । कञ्चनपुरको बेलौरीमा रहेको सन नेपाल लाइफ इन्स्योरेन्स बेलौरीले पनि आफ्नो बिमा कम्पनीको छैठौं वाषिर्कोत्सव कार्यक्रम सम्पन्न गरेको छ।

    सभापति सन नेपाल लाइफ इन्स्योरेन्स बेलौरीका शाखा प्रमुख सेव राना ,प्रमुख अतिथि  मार्केटिङ म्यानेजर कलामती राना, अतिथि  सिनियर अभिकर्ता रेशम चौधरी लगायत अभिकर्ता र शुभेच्छुकहरुको सहभागिता रहेको थियो।

    सन नेपाल लाइफ इन्स्योरेन्स लि को देश भरी ३५ वटा शाखा कार्यालय र १५० भन्दा बढी उप शाखा बाट आफ्नो सेवा दिइरहेको छ। कम्पनीको चुक्ता पुजी ३ अर्ब २० करोड बढी रहेको यसै आर्थिक बर्ष ५ अर्ब पुर्याउने लक्ष्य समेत लिइएको शाखा प्रमुख रानाले बताउनुभयो।कम्पनीले विभिन्न समयमा रक्तदान कार्यक्रम ,बिधालयहरुमा खेलकुदका सामाग्री ,स्वच्छ खानेपानीका लागि पानीका ट्यान्कीहरु  बितरण गर्दै आइरहेको समेत बताउनुभयो ।कार्यक्रम सञ्चालन सन नेपाल लाइफ इन्स्योरेन्स लि बेलौरी शाखाका मार्केटिङ प्रमुख लक्ष्मण चौधरीले गर्नुभएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट