बेलौरी, ०५ असोज । कञ्चनपुरको बेलौरीमा उखुबारीमा हात बाँधी अलपत्र छोडिएको एक शिशुको उद्धार गरिएको छ । करिब एक, डेढ वर्ष उमेरको देखिने शिशुलाई बेलौरी नगरपालिका वडा नम्बर ७ स्याली खोला नजिकै उखुबारीमा हात बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीय नागरिकहरूले उद्धार गरेका हुन् । सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएको शिशुको हात दोपट्टाले बाँधिएको थियो । शिशुको उद्धार गरी प्रहरीको जिम्मा लगाइएको छ । श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको उपचार भइरहेको र तिनका अभिभावकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस