२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

बेलौरी नगरपालिका द्वारा ८ औं संविधान दिवसको उपलक्ष्यमा दिप प्रज्वलन


  • २०८० आश्विन ३, बुधबार मा प्रकाशित १ साल अघि
  • ५४४ पाठक संख्या
  • माधब पौडेल ,असोज ३।कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयले ८ औं संविधान दिवसको उपलक्ष्यमा नगरपालिका कार्यालय प्राङ्गणमा नेपालको नक्सा र झन्डा अङ्कित चित्र बनाइ दिप प्रज्वलन गरेको छ।

    कार्यक्रम सभापति बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी , प्रमुख अतिथि संविधान सभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट ,विशिष्ट अतिथिमा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी ,निमित्त प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी ,अतिथि नेकपा एमाले जिल्ला कमिटी सचीव पल्लब राज भट्ट ,नेकपा माओवादी केन्द्रका जिल्ला सचीव सहबिर सुनार,बेलौरी नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष लालबहादुर चौधरी ,सशस्त्र प्रहरी प्रस्तावित गुल्म बेलौरीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक भरत कुवर, बेलौरी उद्योग बाणिज्य संघका अध्यक्ष हिरा सिंह बिष्ट ,बेलौरी खेलकुद बिकाश समितीका अध्यक्ष रामेश्वर न्यौपाने ,नेकपा एमाले नगर कमिटी अध्यक्ष बाबुराम न्यौपाने जनप्रतिनिधि ,कर्मचारी ,समाजसेवी ,बुद्धिजीवी लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधान सभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले संविधान दिवसको उपलक्ष्यमा सम्पुर्णमा शुभकामना व्यक्त गर्दै जन आन्दोलन पछि बनेको संविधान अक्षरास पालन गर्दै लैजानु पर्नेमा जोडदिनुभयो।कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका सभापति एवं नगरप्रमुख पोतिलाल चौधरीले ८ औं संविधान दिवसको अवसरमा सम्पुर्ण नगरबासीमा शुभकामना दिदै हामी सबै मिलेर संविधानको पालना गर्नुपर्ने बताउनुभयो ।कार्यक्रमको सञ्चालन बेलौरी नगरपालिका शिक्षा शाखका कम्प्युटर अपरेटर अशोक पाण्डेले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट