२०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

स्वास्थ्यकर्मीमाथि हातपात भएको विषयमा कार्वाहीको माग गर्दै श्रीपुर प्रा स्वा के ले निकाल्यो बिज्ञप्ति 


  • २०८० आश्विन ३, बुधबार मा प्रकाशित २ साल अघि
  • १००७ पाठक संख्या
  • बेलौरी, कञ्चनपुर, ०३ असोज । कञ्चनपुरको बेलौरीमा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र्ले आफ्ना कर्मचारी कुटिएको विषयमा बिषयमा बिज्ञप्ति निकालेको छ।    घाइतेको उपचारमा खटिएका एक जना स्वास्थ्यकर्मी माथि एक समूहमा आएका व्यक्तिहरूले हातपात र गालीगलौज गरेका छन् । गए राति १२ बजेको समयमा टाउको र आँखामा चोट लागेर घाइते भएका बेलौरी ५ मैनाहाका बाबुराम चौधरीको उपचारमा खटिएका श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्र प्रसाद गैरेमाथि उक्त समूहले हातपात र गालीगलौज गरेको हो । बेलौरीकै गोकुलपुर बजार बस्ने रामु भनिने राम बहादुर खड्काले ड्युटीमा रही घाइतेको घाउ सफाइ गरिरहेको समयमा स्वास्थ्यकर्मी गैरे लाई  गालीगलौज गरी घाँटी च्यापेको काम गर्न नसक्ने भए राजीनामा दे समेत भन्दै स्वास्थ्य केन्द्रमा टाँका लगाउन आवश्यक घाउ सिलाउने धागो समेत उपलब्ध नभएको २/३ दिन देखी सार्वजनिक बिदाका कारण उक्त धागो नभएले रातीको समयमा स्टोर पनि नखुल्ने भएकाले बाहिर हिड्न भनिएको यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरीमा जानकारी गराउदा समेत खासै चासो नदेखाएको घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि गुण्डागर्दी शैलीमा आएर अनायासै हातपात र गालीगलौज गर्ने व्यक्तिहरूलाई कानुनी कारबाहीको माग गर्दै श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले  बिज्ञप्ति निकाल्दै कुटपिटमा सलग्न ब्यक्ति लाई पक्राउ गरि कार्वाही नगरे सम्म बुधबार बाट आकस्मिक सेवा बाहेक सम्पुर्ण सेवा ठप्प गर्ने समेत पत्रमा उल्लेख गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट