धनगढी ,२३ भाद्र। नेपाल ईटा उद्योग महासंघ सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ।कैलालीको धनगढी सम्पन्न प्रथम अधिबेशन कार्यक्रममा तदर्थ समिति संयोजक विनोद शाहको सभापतित्व,प्रमुख अतिथि सुदुरपश्चिम् प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी,विशिष्ट अतिथि नेपाल ईट्टा उद्योग महासघंका केन्द्रिय अध्यक्ष शंकर चन्द लगायत को उपस्थितिमा सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको हो । नयाँ कार्यसमितिको अध्यक्षमा बलदेव सिह बुडाल ,वरिष्ठ उपाध्यक्ष टेक बहादुर बोहरा ,उपाध्यक्ष मुक्ति सुवेदी, महासचिव भरत विष्ट, कोषाध्यक्ष सुरज श्रेष्ठ ,सदस्यहरु तेज भण्डारी र करन सिह धामी चयन भएको नव निर्वाचित कोषाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिनुभयो। सुदुर पश्चिम् प्रदेशको कैलाली र कञ्चनपुमा गरि करिब १०० वटा भन्दा बढी ईटा उद्योग सञ्चालन रहेको समेत श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस