२०८१ माघ २७, आईतबार | Sun, 09, Feb, 2025

कञ्चनपुरको पुनर्वासमा अटोको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु


  • २०८० भाद्र २०, बुधबार मा प्रकाशित १ साल अघि
  • ४७४ पाठक संख्या
  • पुनर्वास,२० भाद्र । कञ्चनपुरको पुनर्वासमा अटोको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ ।
    मंगलबार पुनर्वास नगरपालिका–६, प्रतिभानगर बजारमा सडक किनारामा पैदल यात्रा गरिरहेकी सोही ठाउँकी ८५ वर्षिया ठलीदेवि थापाको मृत्यु भएको हो ।
    ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरिक्षक हेमराज भट्टले दुर्घटनामा घाईते भएकी थापाको उपचारका क्रममा धनगढीको माया मेट्रो हस्पिटलमा मृत्यु भएको जानकारी दिनुभयो।
    ठक्कर दिने सु.प.प्र–००१ ह. ४०१६ नम्बरको अटो र चालक पुनर्वास नगरपालिका–८ निवासी ३२ वर्षिय केशवराज ओझा प्रहरी नियन्त्रणमा रहेको प्रहरी निरिक्षक भट्टले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट