२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

बेलौरीको रतनपुरमा गौरा पर्व विशेष देउडा कार्यक्रम तथा भेट्रान भलिबल प्रतियोगिता सुरु


  • २०८० भाद्र १८, सोमबार मा प्रकाशित १ साल अघि
  • ४७० पाठक संख्या
  • कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ९ रतनपुर स्थित श्री सिद्धनाथ मन्दिर समितिले सोमबारदेखि गौरा पर्व विशेष देउडा कार्यक्रम तथा भेट्रान भलिबल प्रतियोगिता सञ्चालन गरेको छ । ‘शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि हाम्रो आव्हान; कला, सांस्कृतिक संरक्षण संवर्द्धनका लागि साझा अभियान’ भन्ने मूल नाराका साथ गौरा पर्व विशेष देउडा कार्यक्रम तथा प्रथम सिद्धनाथ भेट्रान भलिबल प्रतियोगिता सञ्चालन गरिएको समितिका सचिव बलदेव भट्टले बताउनु भयो । कार्यक्रमको सोमबार उद्घाटन गरिएको छ । समितिका अध्यक्ष दिनेश राज भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट र विशिष्ट अतिथि वडा नम्बर ९ का वडाध्यक्ष किसन सिंह राना लगायतको सहभागितामा उद्घाटन गरिएको बताइएको छ । उद्घाटनसँगै श्री सिद्धनाथ मन्दिर समिति र बेलडाँडी गाउँपालिका वडा नम्बर १ बिच भएको पहिलो खेलमा आयोजक श्री सिद्धनाथ मन्दिर समितिले लगातार २ खेल जित निकाल्दै विजय भएको छ ।

    उक्त कार्यक्रमलाई बेलौरी नगरपालिका कार्यालयले प्रायोजकको रूपमा सहयोग गरेको छ भने बेलौरी नगरपालिका वडा नम्बर ९ को कार्यालयले सह आयोजकको भूमिका निर्वाह गरेको छ । त्यस्तै, सह प्रायोजकका रूपमा श्री अजयपाल मध्यवर्ती सामुदायिक बन उपभोक्ता समूह बेलौरी ९, श्री ज्ञान साधना बाल विद्या मन्दिर बेलौरी ८ पचुई, बासुलिङ्ग मोबाइल ग्यालरी बेलौरी बजार, मेरोमाईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बेलौरी रहेका छन् । अन्य सहयोगी संस्थाहरूमा बेलौरी नगरपालिका भित्रका सबै वडा कार्यालयहरू, महाकाली सुगर इण्डस्ट्रिज प्रा.लि., अमृत डिस्टिलरी प्रा.लि. शारदा दुग्ध सङ्कलन केन्द्र बेलौरी ९ र धुर्वतारा टेन्ट हाउस बेलौरी ९ रहेका छन् । एन.बि. मिडिया नेटवर्क, बेलौरी अनलाइन खबर र सीमारेखालाई मिडिया पार्टनरको रूपमा राखिएको आयोजकले जनाएको छ । कार्यक्रम अन्तर्गत भेट्रान भलिबलसँगै यही भदौ २१ गतेदेखि २४ गतेसम्म नयाँ पुस्ताका लोकप्रिय जे.आर. भट्ट, मञ्जु गिरी लगायत सुदूरपश्चिमका चर्चित देउडियाहरूको उपस्थितिमा वृहत् देउडा कार्यक्रम सहित गौरा पर्वको भव्य मेला लाग्ने सचिव भट्टले बताउनु भएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट