२०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

जनतासँग बन, प्रहरी र स्थानीय तह


  • २०८० भाद्र १७, आईतबार मा प्रकाशित २ साल अघि
  • ८६३ पाठक संख्या
  • बेलौरी, १७ भदौ । कञ्चनपुरको बेलौरीमा जनतासँग बन, प्रहरी र स्थानीय तह कार्यक्रम गरिएको छ । आइतबार बिहान बेलौरी वडा नम्बर ७ सिंहपुर टोलमा बन वातावरण, सामाजिक सुरक्षा, ट्राफिक नियमको पालना, बालविवाह न्यूनीकरण, दाइजो प्रथा जस्ता कार्यहरूको रोकथाम, लागु औषध नियन्त्रण लगायतका समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको हो । कुण्डा सब डिभिजन बन कार्यालयका बन अधिकृत दिनेश कुमार यादव सहितका कर्मचारी, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसी सहितका प्रहरी कर्मचारी, वडा अध्यक्ष प्रकाश श्रेष्ठ, वडा सदस्य कमान सिंह चौधरी, समाजसेवी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी लगायत स्थानीय जनताको उपस्थितिमा कार्यक्रम गरिएको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट