बेलडाँडी, १२ भदौ । कञ्चनपुर स्थित हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बेलडाँडी गाउँपालिका वडा नं. १ आनन्द टोलमा मंगलबार दिउँसो मोटरसाईकल दुर्घटना हुँदा सोही वडाको राधाकृष्ण टोल बस्ने अन्दाजी २५ वर्षीय सुनिल सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक कृष्ण बहादुर कुँवरले जानकारी दिनुभयो । हुलाकी सडकखण्डमा परेको ठूलो खाल्डोमा उछिट्टिएर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका सार्कीको महाकाली प्रादेशिक अस्पताल पुगाउँदा मृत्यु भइसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस