२०८१ आश्विन २९, मंगलबार | Tue, 15, Oct, 2024

न्यू लक्ष्मी ईट्टा उधोग र कुमारी बैंक विच सम्झौता ईट्टा खरिदमा १० प्रतिशत दिने


  • २०८० श्रावण ३१, बुधबार मा प्रकाशित १ साल अघि
  • ८५८ पाठक संख्या
  • बेलौरी,३१ श्रावण । कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा अवस्थित न्यू लक्ष्मी ईट्टा उधोगबाट ईट्टा खरिद गर्ने ग्राहकलाई कुमारी बैकं लिमिटेड शाखा बेलौरीले छुट दिने भएको छ ।

    कुमारी बैकं लिमिटेड शाखा बेलौरीले आफ्ना ग्राहकलाई ईट्टा खरिदमा १० प्रतिशत छुट दिने बुधबार न्यू लक्ष्मी ईट्टा उधोगका सञ्चालक सुरज श्रेष्ठसँग सम्झौता गरेको हो ।

    ईट्टा खरिदमा छुट पाउन कुमारी बैंकमा खाता भएको वा नयाँ खाता खोलेर डेबिट क्रेडिट कार्ड तथा मोबाईल स्मार्ट सुबिधा लिई सो मार्फत भुक्तानी गर्नुपर्ने बैंकका शाखा प्रबन्धक सुरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

     

    त्यसैगरी बैकंका कर्जा म्यानेजर निरज चटौतले कुमारी बैंक लिमिटेड आफ्नो स्थापनाकाल देखि नै सेवागा्रहीको मागलाई ध्यानमा राख्दै नविन योजनाहरु ल्याउँदै आएको र हाल निश्चित ब्याजदरमा आकर्षक घर कर्जाको सुविधा ल्याएको बताउनुभयो ।

     

    न्यू लक्ष्मी ईट्टा उद्योग प्रा.लि. का सञ्चालक सुरज श्रेष्ठले यस साझेदारी द्धारा ग्राहकलाई नै फाईदा हुने बताउनुभयो। राष्ट्रियस्तरको बैकंले पक्कै पनि गुणस्तरमा आश्वस्त भएर नै यो साझेदारी यस ईट्टा उद्योग सँग गरेको हुनाले गुणस्तरीयतामा ढुक्क हुन सञ्चालक श्रेष्ठ अनुरोध गर्नुभयो ।

    “सेवाग्राहीले ११ दशमलब ७९ प्रतिशत निश्चित ब्याजदरमा घर कर्जाको सविधा उपयोग गर्न सक्नेछन् ।”कर्जा म्यानेजर चटौतले भने, “सो योजनामा पहिलो ७ वर्षसम्म ब्याजदर निश्चित हुन्छ । ऋण प्राप्त गरेपश्चात ग्राहकले रकमलाई नयाँ घर÷अपार्टमेन्ट खरिद गर्न र घर निर्माण तथा अन्य थप निर्माण कार्यमा प्रयोग गर्न सक्छन् ।”

    देशैभर ३ सय ४ शाखा, ३ सय ७ एटिएम, ४९ वटा बिस्तारित काउण्टर तथा ६३ शाखारहित बैंकिङ सेवा केन्द्र मार्फत कुमारी बैंकले बैंकिङ सेवा दिईरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट