२०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

जय महाकाल युवा समुह बेलौरी द्वारा तिज विशेष कार्यक्रमको अवसरमा वृक्षारोपण


  • २०८० श्रावण ३१, बुधबार मा प्रकाशित २ साल अघि
  • १९५४ पाठक संख्या
  • बेलौरी ,३१ श्रावण ।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ खिरियामा रहेको भुइँया मन्दिरमा जय महाकाल युवा समूह बेलौरीले राना थारुको तिज विशेष कार्यक्रमको अवसरमा वृक्षारोपण गरेको छ।

    तिज विशेष कार्यक्रमको अवसर पार्दै महाकाल समूहले फलफूलका बिरुवाहरु मन्दिर परिसरमा लगाइएको जय महाकाल युवा समुह बेलौरीका सचीव ईश्वर चन्दले जानकारी दिनुभयो ।समूहले यस पुर्व सार्वजनिक स्थलमा सरसफाइ गर्दै र भ्रष्टाचारको भन्डाफोर गर्दै बिकाश निर्माणमा हातेमालो गर्ने सचीव चन्दले बताउनुभयो ।

    रानाथारु समुदायले श्रावण महिनामा महिलाहरुले आफ्ना दाजुभाइको दिर्घायुको कामना गर्दै व्रत बस्ने र साझ पुजाआजा गरि मीठो मीठो खानेकुरा खाने चलन रहेको समाजसेवी सुब्बा राना बताउनुहुन्छ।

    कार्यक्रमको सभापतित्व समाजसेवी सुब्बा राना प्रमुख अतिथि बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजाल, बिशिस्ट अतिथि बेलौरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ ,निवर्तमान वडाध्यक्ष नेत्रराज गिरि ,वडा सदस्य ,संगम ग्रामीण विद्युत सहकारी सस्था का अध्यक्ष गोबिन्द प्रसाद भट्ट जय महाकाल युवा समुहका अध्यक्ष मदन बोहरा लगायत पदाधिकारी ,र स्थानीयको सहभागितामा सास्कृतिक कार्यक्रम समेत गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट