पुनर्वास,३० श्रावण । कंचनपुरको पुनर्वास नगरपालिका-३,आईबीआरडीमा एक महिला मृत फेला परेकी छन् ।
मंगलबार बिहान अस्थायी प्रहरी पोष्ट आईबीआरडीको पश्चिमतर्फ करिब ६ सय मिटर नजिकै सोहि ठाउँ बस्ने ३० वर्षिय लक्ष्मी घर्ती मगर सडकको बीच भागमै मृत फेला परेको प्रहरीले जनाएको छ । केहि वर्षदेखि माईतीघरमा बस्दै आएकी मृतक घर्तीमगरको ५ वर्षको छोरा समेत छ । शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइने ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती का प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस