पुनर्वास, २५ साउन । औं विश्व आदिवासी दिवस कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासमा भव्यताका साथ मनाइएको छ । नेपालका आदिवासी जनजाती आवद्ध संघ संस्थाहरुले ‘२९औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा मनाईने कार्यक्रम अन्तर्गत पुनर्वासमा पनि मनाएका हुन् । पुनर्वासमा स्थापित ८ जातीय संस्था हरु नेपाल तामाङ घेदुङ , थारु कल्याणकारिणी परिषद् , तमु समाज, राना थारु उत्थान समन्वय मञ्च,मगर संघ, नेवा देय दबु, भुजेल समाज सेवा समिति र नेपाल माझी समाजको छाता संस्था नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद को आयोजनामा विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि पुनर्वास नगरपालिका वडा नं ४ जनक बस्ती स्थित मन्जुश्री गुम्बा को प्रङगणमा विश्व आदिवासी जनजाति दिवस मनाइएको हो । विशेषत जनजाति हरुको उल्लेखनीय उपस्थित रहेको कार्यक्रम राष्ट्रियगान सँगै ज्ञान अज्ञात सहिद हरू प्रति मौनधारण गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तोय प्रसाद शर्मा ले ब्यानर वाचन गरि उद्धघाटन गरिएको थियो । पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौँ, परम्परागत ज्ञान सिपको प्रवर्द्वन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौँ भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद ले पुनर्वासमा विश्व आदिवासी दिवस मनाएको हो । यस बर्ष संयुक्त राष्ट्रसंघको मूलनारा भने ‘आत्म निर्णयका लागि परिर्वतनका सम्वाहक आदिवासी यूवा’ भन्ने रहेको छ । दिवसका अवसरमा महासंघमा आवद्ध तामाङ घेदुङ का प्रतिनिधि धनविर मोक्तानले भगवती पाण्डे नामक एक अधिवक्ता महिलाले तामाङ र मगर समुदायलाई लक्षित गरेर दिएको अभिव्यक्तिलाई लक्षित गर्दै मगर र तामाङलाई मात्र नभएर समग्र आदिवासीप्रतिको गलत व्यवहार भएको टिप्पणी गरे । मोक्तानले नेपाल को न्यायप्रणाली ले पनि आदिवासी जनजातिमाथि बिभेद गरेको आरोप लगाए।राज्यले पनि उनलाई पक्राउ गरेर दण्ड नदिई छाडेको भन्दै मोक्तानले यस्ता कुराले डन्डहीनता बढाउने समेत बताए । उनले उक्त आन्दोलनका क्रममा राज्यले आन्दोलनकारी माथि गरेको ज्यादती र दमनको जति निन्दा गरेपनि कम हुने बताए । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् पुनर्वासका अध्यक्ष धोके रानाको अध्यक्षता तथा पुनर्वास नगरपालिका का नगर प्रमुख तोय प्रसाद शर्मा को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि को आसनबाट नगर प्रमुख शर्माले नेपालको सरकारी तथ्यांक अनुसार कुल जनसंख्याको ३७ प्रतिशत आदिवासी भएको भए पनि स्थलगत अध्ययनबाट ५० प्रतिशत रहेको मुलुकमा नेपालको पहिलो संविधानले आदिवासी जनजातिको विकासमा छलाङ मार्ने खालको भएको स्मरण गर्दै उहाले अहिलेको संविधान क्रमिक रुपमा अगाडि बढिरहेकाले नगरपालिका सदैव आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गराउने कार्यको पक्षमा रहेको बताउनुभयो। पुनर्वास नगरपालिका वडा नं ४ जनकबस्ती को मञ्जु श्री गुम्बा को प्रङगणमा सम्पन्न भएको कार्यक्रम को प्रमुख अतिथी नगर प्रमुख तोय प्रसाद शर्मा रहनुभएको थियो। यसैगरी अतिथी हरुमा निवर्तमान नगर प्रमुख जीवन थापा, वडाध्यक्ष मनोज सापकोटा,नेपाली कांग्रेसका प्रतिनिधि यम प्रसाद पौडेल, नेकपा एमालेका प्रतिनिधि स्थिर प्रसाद घिमिरे,नेकपा माओवादीका नगर ईन्चार्ज कञ्चन गिरी, उधोग बाणिज्य संघ शाखा पुनर्वासका अध्यक्ष राजकुमार रायमाझी, नेपाल रेडक्रस सोसाइटी शाखा पुनर्वासका अध्यक्ष कृष्ण तामाङ, दुग्ध विकास संस्थान का प्रतिनिधि भरत बिष्ट लगायतका महासंघ नगर समन्वय परिषद का सल्लाहकारहरु, कार्यसमिती का पदाधिकारी हरु र सञ्चारकर्मी हरू उपस्थिति रहेका थिए । कार्यक्रममा अतिथि हरु जीवन थापा,यम प्रसाद पौडेल,कञ्चन गिरी, फुल्लान राना, कृष्ण तामाङ, राजकुमार रायमाझी भरत बिष्ट,भिम श्रेष्ठ लगायतका अतिथि हरु ले शुभ कामना मन्तब्य राखेका थिए । आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद का अध्यक्ष धोके रानाको सभापतित्वमा सचिव पुर्ण कुमारी गुरुङ न ले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष रूकमाया भुजेल ले स्वागत मन्तव्य राखेका थिए । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो ।
प्रतिक्रिया दिनुहोस