२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग राख्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र पेश


  • २०८० श्रावण २२, सोमबार मा प्रकाशित २ साल अघि
  • ६६४ पाठक संख्या
  • कञ्चनपुर , २२ साउन । कञ्चनपुरको बेलौरी छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशसरण महतलाई आइतबार ज्ञापन पत्र पेस गरिएको छ । पूर्व मन्त्री रमेश लेखक समेतको उपस्थितिमा उद्योग वाणिज्य संघको टोलीले आइतबार काठमाडौँमा मन्त्री महतलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।

    बन्द अवस्थामा रहेको भन्सार कार्यालय खुला गरी भन्सार स्तरोन्नति गर्न, ६ वर्षअघि कैलाली भन्सार मातहत राखिएको बेलौरी छोटी भन्सारलाई पुनः कञ्चनपुर भन्सार कार्यालय मातहत राख्न र कैलाली भन्सार नजिकै कञ्चनपुर प्रवेश गर्ने हुलाकी सडक खण्डमा राखिएको ब्यारियर हटाउन माग गर्दै ज्ञापन पत्र बुझाइएको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्टले जानकारी दिनुभयो ।

    यसअघि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र पेस गरिएको थियोे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट