२०८३ बैशाख ८, मंगलबार | Tue, 21, Apr, 2026

स्कारपियोले ठक्कर दिदा मोटरसाइकल चालक चौधरी घाइते


  • २०८० श्रावण २१, आईतबार मा प्रकाशित २ साल अघि
  • ११४१ पाठक संख्या
  • बेलौरी ,२१ श्रावण । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ बेलौरी कलुवापुर सडक खण्डको रामनगर सामुदायिक वन र पारिजात सामुदायिक वनको बिचमा करिब बिहानको ६ बजे तिर बिपरित दिशा बाट आउदै गरेको बा १२ च ३६३२ नम्बरको स्कोरपियोले से २ प ७१६२ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

    मोटरसाइकल सवार बेलौरी न.पा. ५ शोभातालका अन्दाजी ५० वर्षिय राम प्रसाद चौधरी लाई ठक्कर दिदा घाइते भएका छन ।घाइते चौधरी लाई उपचारका लागि बेलौरी लगिएको छ ।भने स्कारपियो चालक फरार भएका छन् र  प्रहरीले गाडी नियन्त्रण लिइ चलाकको खोजी कार्य भइ रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक सुदिपचन्द्र शाहले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट