२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

बेलौरी उद्योग वाणिज्य संघ द्वारा छोटी भन्सार सञ्चालनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र


  • २०८० श्रावण १९, शुक्रबार मा प्रकाशित २ साल अघि
  • १२२५ पाठक संख्या
  • कञ्चनपुर ,१९ श्रावण । कञ्चनपुरको बेलौरी छोटी भन्सार सञ्चालनको माग गर्दै बेलौरी उद्योग वाणिज्य संघको टिमले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएको छ।

     

    प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर संघका पदाधिकारीले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन। टोलीमा बेलौरी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष द्वय धनेश पन्त र टेक बहादुर साउद लगायत पूर्व खानेपानीमन्त्री विना मगर,बेलौरी नगरपालिका का नगर प्रमुख पोतिलाल चौधरी महाकाली बहुमुखी क्याम्पसका अध्यक्ष हरेन्द्र बिष्ट लगायत को उपस्थिति रहेको थियो।

     

    बन्द अवस्थामा रहेको भन्सार नाका खुला गर्नका लागि ज्ञापनपत्र बुझाएको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह विष्टले बताउनुभयो। लामो समयदेखि बन्द अवस्थामा रहेको छोटी भन्सार सञ्चालनका लागि बेलौरीवासीले माग गर्दै आएका छन्।बेलौरी छोटी भन्सार सञ्चालन गर्नाका बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीले केही महिना अगाडि प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री पुगि ज्ञापनपत्र बुझाए पनि छोटी भन्सार सञ्चालनका लागि ठोस निर्णय हुन सकेको थिएन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%१%१%१%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट