२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

निगमले बढ्यो पेट्रोल र डिजेलको मूल्य ग्यास प्रतिसिलिण्डर १३० रुपैयाँले घट्यो


  • २०८० श्रावण १६, मंगलबार मा प्रकाशित २ साल अघि
  • ७४२ पाठक संख्या
  • काठमाडौँ,१६ श्रावण नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणाली अनुसार बढाएको हो ।

    मुल्य बढे अनुसार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ , डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट