२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास र लालझाडिको सम्भावित बाढी ग्रस्त क्षेत्रको स्थलगत अनुगमन


  • २०८० श्रावण १६, मंगलबार मा प्रकाशित २ साल अघि
  • १८३९ पाठक संख्या
  • कञ्चनपुर ,१६ श्रावण । नेपाली सेनाको टोलीले कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा सम्भावित बाढी ग्रस्त क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

    मंगलबार पुनर्वास नगरपालिका–५ सिमरी र रातोतालका बस्तीहरूको सुदुरपश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापा, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको उपस्थितिमा भएको थियो भने लालझाडी गाउँपालिका वडा नम्बर ३ को बल्मी ,नन्द गाउँ ,डुङ्गा र पर्सियाको किनारा तर्फ लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना ,गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना लगायत वडाध्यक्ष सहित सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा ,पृतना हेडक्वाटर वाहिनीपति सहायक रथी सुरथ रावल श्री नम्बर २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी मनोज थापाको टोलीले स्थलगत अनुगमन गरेको हो ।

     

    बाढी र डुबानका जोखिम क्षेत्रको निरीक्षण गर्दै बाढीका बेलामा नेपाली सेनाको उद्धार टिम पुनर्वास,बेलौरी र लालझाडीका लागि ढक्कामा राखिएको र सहयोगका लागि नेपाली सेना प्रतिबद्ध रहेको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले जानकारी दिनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%५%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट