कञ्चनपुर,१६ साउन । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले कञ्चनपुरको दोधारा चांदनी नगरपालिकामा एक सदस्यलाई विमा रकम वाफत ५ लाख सहयोग हस्तान्तरण गरेको छ । वित्तिय संस्थाले एक कार्यक्रमको आयोजना गरि दोधारा चादनी नगरपालिका वडा नम्बर ४ बस्ने लक्ष्मी देवी सुनारलाई उक्त विमा रकम वरावरको चेक हस्तान्तरण गरिएको हो । वित्तिय संस्थामा आवद्ध भई कर्जा तथाबचतको कारोबार गर्दै आएकी सदस्य लक्ष्मी देवी सुनारको श्रीमान भक्त बहादुर सुनारको मृत्यु वापतको विमा रकम हस्तान्तरण गरिएको बताईएको छ । सहयोग रकम बराबरको चेक संस्थाका क्षेत्रिय प्रबन्धक कृष्ण प्रसाद उप्रेती र वडा अध्यक्ष भक्तबहादुर सुनारले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका क्षेत्रिय प्रबन्धक उप्रेतीले शोकमा रहेको सुनार परिवार प्रति गहिरो समवेदना प्रकट गर्दै,मानिसको जिवन भन्दा ठुलो पैसा नहुने भएता पनि मृतकका भावि सन्ततिको उज्वल भविष्य निर्माणमा केही टेवा पुग्ने र दैनिक जीवनयापनमा सहज होस भन्ने उद्देश्यले सहयोग रकम हस्तान्तरण गरेको बताउनु भएको छ । मेरो माइक्रोफाइनान्सले सञ्चालन गर्ने कार्यक्रम तथा सेवा सुविधाको बारेमा प्रकाश पार्दै हाल लघुवित्त क्षेत्रमा देखा परेको भ्रमको पछि नलागि निर्धक्क भई मेरो माइक्रोफाइनान्स संग वित्तिय कारोबार गर्न समेत प्रवन्धक उप्रेतीले आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा बोल्दै दोधाराचांदनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भक्तबहादुर सुनारले मेरो माइक्रोफाइनान्सले वित्तिय सेवा संगसंगै सामाजिक कार्यमा समेत सक्रिय रहेको बताउनुभयो । यसै सन्दर्भमा उक्त संस्थाले यस अघि दोधाराचांदनी नगरपालिका वडा नम्बर ४ को एक विद्यालयमा शैक्षिक सामाग्री सहयोग गर्दै सामाजिक उत्तर दायित्वबहनमा समेत अग्रणी भुमिका निर्वाह गरिरहेको रहेको पनि बताउनु भयो । शोकको घडीमा आश्रित परिवारलाई यति ठुलो रकम सहयोग गरि पुण्यको काम गरेको र यस रकमबाट मृतकका सन्ततिको भविष्य उज्वल हुने विश्वास पनि व्यक्तगर्नुभयो । वडा अध्यक्ष सुनारले लुघवित्त संस्थाहरुले कर्जा लगानी संगसंगै कर्जाको सदुपयोगिता जांच गरि उद्यमी विकास संगै गरिबी न्युनिकरणमा अझ सशक्त भई लाग्नु पर्ने र अझै नेपालमा लघुवित्तको खांचो रहेको स्पष्ट पार्नुभयो । विमा रकम हात परेपछि लक्ष्मी देवी सुनारले नसोचेको रकम सहयोग प्राप्त गरेको र नाम जस्तै मेरो माइक्रोफाइनान्सले सेवा दिइरहेका समेत बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा मेरोमाइक्रोफाइनान्स कञ्चनपुरका क्षेत्रिय प्रबन्धक कृष्ण प्रसाद उप्रेती, वडा अध्यक्ष भक्तबहादुर सुनार, दोधाराचांदनीका निबर्तमान नगर प्रमुख विर बहादुुर सुनार, वडा सदस्य सरस्वती लुहार लगायत स्थानिय, व्यापारी, वुद्धिजिवी,पत्रकारको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस