२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

पुनर्वासबाट गाईगोरुको छाला सहित दुई जना पक्राउ


  • बेलौरी अनलाईन
  • २०८० श्रावण १५, सोमबार मा प्रकाशित १ साल अघि
  • ४०१ पाठक संख्या
  • पुनर्वास,१५ श्रावण । कञ्चनपुरको पुनर्वास नगरपालिका- ११ डोकेबजारबाट गाई गोरुको डेढ सय पिस छाला बरामद गरिएको छ । आईतबार दिउँसो बेलौरीबाट काठमाडौँ गईरहेको सुदूरपश्चिम प्रदेशको ०२००१ ख ११०८ नम्बरको बसबाट गाईगोरुको छाला बरामद गरिएको हो ।

    छालामा संलग्न पुनर्वास नगरपालिका-३ का डेने तामाङ र सिन्धुपाल्चोकका सन्तोष कुमार खड्कालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीले पक्राउ गरेको छ । तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले छाला परिक्षणका लागि बिधि विज्ञान प्रयोगशाला पठाएको जानकारी दिनुभयो।

    पक्राउ परेका दुबै जनालाई पक्राउ गरि अदालतबाट म्याद थप गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट