२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने उद्देश्यले बेलौरीमा हार्पिक तथा फेनायल तालिम सुरु


  • बेलौरी अनलाईन
  • २०८३ अषाढ १, सोमबार मा प्रकाशित २ घण्टा अघि
  • ४७ पाठक संख्या
  • माधव पौडेल,०१ असार।अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले कञ्चनपुरको बेलौरी नगरपालिकामाअपाङ्गता उत्थान समाज कैलालीको आयोजना, नेपाल अपाङ्गता अधिकार मञ्च बेलौरीको समन्वय तथा बेलौरी नगरपालिकाको आर्थिक सहयोगमा तीन दिने हार्पिक तथा फेनायल उत्पादनसम्बन्धी सीपमूलक तालिम सोमबारदेखि सुरु भएको छ।तालिमको सभापति अपाङ्गता उत्थान समाज कैलाली अध्यक्ष नरदिप बहादुर धामी,प्रमुख अतिथि बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल,नेपाल अपाङ्गता अधिकार मञ्च बेलौरी अध्यक्ष रमना गिरी,रहनुभएको थियो। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि अपाङ्गमैत्री वातावरण निर्माण गर्न,अधिकार सुनिश्चित गर्न तथा सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउन सबै सरोकारवाला पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रमका प्रमुख अतिथि तथा बेलौरी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन ढकालले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास र आर्थिक उन्नतिका लागि बेलौरी नगरपालिकाले समय–समयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले यस्ता सीपमूलक तालिमले सहभागीहरूलाई आयआर्जनसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उत्पादन गर्न आवश्यक सीप र ज्ञान हासिल गर्न सहज भए पनि उत्पादित सामग्रीको बजारीकरण अझै चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो। तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्दै उहाँले सीपलाई व्यवसायमा रूपान्तरण गर्न सके मात्र तालिमको वास्तविक उपलब्धि प्राप्त हुने बताउनुभयो।

    तालिम उद्घाटन कार्यक्रममा बोल्दै अपाङ्गता उत्थान समाज कैलालीका अध्यक्ष नरदिप बहादुर धामीले अपाङ्गता भएका व्यक्तिहरूलाई सीप र अवसर प्रदान गर्न सके समाजको बोझ नभई विकासका साझेदार बन्न सक्ने बताउनुभयो। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो।तालिममा प्रशिक्षक देव बहादुर धामी र तेज सिंहले हार्पिक तथा फेनायल उत्पादनको व्यावहारिक ज्ञान, उत्पादन प्रक्रिया तथा बजार व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइरहनुभएको छ।तालिममा बेलौरी नगरपालिकाका प्रत्येक वडाबाट दुई–दुई जना अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको छ।

    आयोजकका अनुसार तालिम सम्पन्न भएपछि सहभागीहरूलाई उत्पादनमूलक कार्यमा संलग्न गराई स्वरोजगारको अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्नुका साथै उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रमको सहजीकरण अपाङ्ग अधिकार अभियान्ता लक्ष्मण सापकोटाले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट