२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

शान्ति पुर्नस्थापना गृहद्धारा सिमानाका गड्डाचौकीमा पनि अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाईयो


  • २०८० श्रावण १४, आईतबार मा प्रकाशित २ साल अघि
  • ११८७ पाठक संख्या
  • कञ्चनपुर १४ साउन । शान्ति पुर्नस्थापना गृह शाखा कार्यालय महेन्द्रनगर,कञ्चनपुरले अन्तराष्ट्रिय मानव बेचविखन विरुद्धको दिवस मनाएको छ । आईतबार शाखा कार्यालय महेन्द्रनगर,कञ्चनपुरले ] æRich Every Victim of Trafficking Leave No One BehindÆ भन्ने अन्तराष्ट्रिय मुल नाराका साथ कञ्चनपुरको पश्चिमि सिमानाका गड्डाचौकीको सिमावर्ती क्षेत्र ७ नम्बर पिल्लर नजिक भिमदत्त नगरपालिका वडा नम्बर १० र ११, ईलाका प्रहरी कार्यालय गड्डाचौकी, शसस्त्र प्रहरी वल प्रस्ताबित गुल्म गड्डाचौकी,भारतिय प्रहरी प्रशासनको संयुक्त संमन्वयमा अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाईएको हो ।

    शान्ति पुर्नस्थापना गृहले गत आर्थिक वर्षमा प्रदान गरेका सेवाहरुको बारेमा बताउदै मानव बेचबिखन जस्तो जघन्य अपराध एकलैले रोक्न नसकिने र यो आन्तरिक रुपमा भन्दा अन्तराष्ट्रिय स्तरमा बढी फस्टाउदै गएकाले नेपाल र भारत दुबै पक्षका सम्बन्धित निकायले हातेमालो गरेर अगाडी बढदै यस बिरुद्धमा आवाज उठाएमा मात्र नियन्त्रण गर्न सकिने शान्ति पुर्नस्थापना गृह शाखा कञ्चनपुरका सुपरभाईजर मनिषा न्यौपानेले बताउनु भएको छ । यस्तै कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा स्थानिय तहको भुमिका पनि नागरिक समाजलाई महत्वपुर्ण हुने भएकाले वडा नम्बर ११ को साथ र सहयोग सामाजिक कार्यमा सदैव रहने प्रतिवद्धता भिमदत्त नगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रकाश थापाले ब्याक्त गर्नुभएको छ । कार्यक्रममा भिमदत्त नगरपालिका वडा नम्बर ११ का अध्यक्ष, र वडा नम्बर १० का सदस्य, शसस्त्र प्रहरी वल प्रस्ताबित गुल्म गड्डाचौकीका शसस्त्र प्रहरी नायव निरिक्षक, ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरिक्षक तथा प्रतिनिधि,अस्थाई ट्राफिक पोष्टका प्रतिनिधि, भारतिय प्रहरी प्रशासन उत्तराखण्ड एण्टी ह्युमन ट्राफिकिङ युनिट बनवासाका प्रमुख तथा प्रतिनिधि, एस.एस.बि.अन्र्तगतको एण्टी ह्युमन ट्राफिकिङ युनिटका प्रमुख तथा प्रतिनिधि, भारतमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध काम गर्ने संस्था रिड्सका प्रतिनिधि,नेपालका गैरसरकारी संस्थाहरुमा आफन्त नेपाल, माईति नेपाल,थ्रि एन्जल्स नेपाल,आशिष नेपाल लगाएत स्थानिय समाजसेवी,बुद्धिजिवि, अटो ब्यावसायी र शान्ति पुर्नस्थापना गृह शाखा कार्यालय महेन्द्रनगर र सम्पर्क कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम भब्यताका साथ सम्पन्न भएको भएको बताईएकोे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट