२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

रास्वपा बेलौरी नगरपालिका ९ को वडा सभापतिमा भट्ट


  • २०८० श्रावण १३, शनिबार मा प्रकाशित १ साल अघि
  • ६९४ पाठक संख्या
  • बेलौरी ,कञ्चनपुर,१३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी बेलौरी नगरपालिका वडा नम्बर ९ समिति गठन गरिएको छ । देब राज भट्टकोे सभापतित्वमा शनिबार ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको उप–सभापतिमा पदमादेबी ओखेडा र सचिवमा लोकराज पन्त चयन हुनुभएको हो । यस्तै महेशराज भट्ट,रामकृष्ण राना,पारस उपाध्याय,नन्दादेबी महर,पुजा भट्ट,सन्तोष भट्ट,मदन सिंह डगौरा र सोमबती रानालाई सदस्यमा चयन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी बेलौरी नगर सभापति बिष्णु प्रसाद शर्माले जानकारी दिनुभयो । कार्यक्रममा नेता जनक धामी लगायतका वक्ताहरुले रास्वपा किन र अब कसरी अगाडी बददै छ भन्ने बारे प्रशिक्षात्मक मन्तब्य राख्नु भएको थियो । अब वडा समिती गठनको कामलाई निरन्तर अगाडी बढाईने पनि बताईएको छ । प्रदेशस्तरिय नेता कार्यकर्ताबाट स्थानिय स्तरका कार्यकर्ताहरुलाई प्रशिक्षण दिईने ब्यवस्था पार्टीले मिलाईरहेकाले छिटै प्रशिक्षण कार्यक्रमको शुभारम्भ हुने पनि जानकारी दिईएको छ ।

    वडा देखि पालिकासम्म हुने बेथिति, अनियमितता र हेपाहा प्रबृत्तिका बिरुद्ध रास्वपा सदैब एक भएर लड्ने प्रतिबद्धता सहित बेलौरी नगरपालिका भित्र रास्वपा मात्र प्रतिपक्ष दल रहेको र अरु सबै दलहरुको मिलेमत्वका कारण सुचना लुकाइराख्ने, गुणस्तरहिन काम गर्ने र अदरुर्दशी कार्यले बेलौरी कुरुप हुँदै गएको हुदा अब रास्वपाको विकल्प नभएको भन्दै पार्टीमा प्रवेशको संख्या बढीरहेको बताईएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बेलौरी नगरपालिका वडा नम्बर ९ को वडा भेला कार्यक्रमको सभापतिमा वडा संयोजक बल्देब भट्ट रहनुभएको थियो । प्रमुख अथिति क्षेत्रीय प्रतिनिधी दुर्गा भुसाल रहनु भएको थियो भने विशिष्ट अथितीमा बेलौरी नगर सभापती बिष्णु प्रसाद शर्मा थियो ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%२%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट