२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

बेलौरी छोटी भन्सार कार्यालय परिसरमा बृहत सरसफाई


  • २०८० श्रावण १३, शनिबार मा प्रकाशित १ साल अघि
  • ५८६ पाठक संख्या
  • बेलौरी,१३ साउन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ०६ स्थित बेलौरी छोटी भन्सार कार्यालय परिसरमा सरसफाई कार्यक्रम गरिएको छ । शनिबार बेलौरी नगरपालिका वडा नम्बर ०६ को बिशेष पहलमा बेलौरी उद्योग बाणिज्य संघ,जनप्रतिनिधि,बेलौरी बजारका ब्यापारी,बिभिन्न संघसस्था, राजनितिक दल, नेपाल प्रहरी,शसस्त्र प्रहरी र स्थानिय नागरिकको सहयोगमा बेलौरी छोटी भन्सार कार्यालय परिसरमा सरसफाई कार्यक्रम गरिएको हो ।

     

    बेलौरी छोटी भन्सारलाई अहिले सञ्चालनमा ल्याउनका लागि बिशेष पहल भईरहेकाले काम गर्न आउने कर्मचारीलाई सहज बातावरण श्रृजनाका गर्नका लागि स्थानिय स्तरबाट कार्यालय परिसरमा सरसफाई अभियानको थालनि गरिएको बताईएको छ । भन्सार कार्यालयका भवनहरु जिर्ण अवस्थामा रहेको र खालि जमिनमा रहेका बोटविरुवाहरु झाडीमा परिणत हुदा केही वर्ष देखी काम गर्न आउने कर्मचारीहरु बिभिन्न वाहाना बनाएर भन्सारमा बस्न नमान्ने गरेका थिए । अव काम गर्न आउने कर्मचारीलाई कुनै पनि किसिमको समस्या नहोस र काम गर्नका लागि सहज बातावरण होस भन्ने उदेश्यले पहिलो चरणमा भन्सार कार्यालय परिसरमा रहेका बोटबिरुवाहरु काटेर सरसफाई गरिएको सहभागिहरुको भनाई छ । कैलाली भन्सारको चरम लापरबाही, बेवास्ता र उपेक्षाले आफ्नै स्वामित्वको ३ वटा भवन सहित ३ बिघा, ३ कट्टा, १३ धुर क्षेत्रफलमा फैलिएको भन्सार परिसर झाडी बन्दी भएर चोरी तस्करी,हिंसक जीवजन्तु, दुर्व्यसनी र अन्य गलत तत्त्वको आश्रय स्थल बनिरहेको हुदा अव भन्सार कार्यालय परिसरमा सरसफाई गरिएपछि यस्ता गतिबिधिहरुको पनि रोकथाम हुने अनुमान गरिएको छ । कैलाली भन्सार कार्यालयले कञ्चनपुरको बेलौरी छोटी भन्सार कार्यालयलाई कर्मचारी विहीन, कुरुवा विहीन, सुरक्षा विहीन, मर्मत सम्भार विहीन बनाएर कानुन र अख्तियारीको ठाडो उलङ्घन गरी निलम्बन वा खारेज गरेझैँ अस्तित्व नै मेटाउने गरी तालाबन्दी गरेर अलपत्र पारेको भन्दै कञ्चनपुरको बेलौरीमा नागरिक स्तरबाट आन्दोलन पनि जारी छ । वि.सं. १९१७ अर्थात् १६३ वर्ष पहिले कैलाली कञ्चनपुरको मुख्य भन्सारको रूपमा स्थापित बेलौरी भन्सार कार्यालय वि.सं. २०१९ सालमा बेलौरीबाट कञ्चनपुरको सदरमुकाम विस्थापित भएपछि कञ्चनपुर भन्सार अन्तर्गत छोटी भन्सारमा परिणत भई सञ्चालनमा रहँदा पनि अत्यन्त सहज र व्यवस्थित रूपमा सञ्चालित भई उल्लेख्य राजस्व सङ्कलन गर्ने देशकै प्रतिष्ठित र चर्चित भन्सार थियो । तर २०७४ सालमा एकाएक उक्त क्षेत्रका जनता, जनप्रतिनिधि एवं कञ्चनपुर जिल्लाका सरोकारवाला सरकारी कार्यालय समेतलाई नजरअन्दाज गरी बेजिल्लाको कैलाली भन्सार कार्यालय मातहतमा बेलौरी छोटी भन्सारलाई राखिएको छ । बेलौरी छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गर्नुको सट्टा डेढ वर्षसम्म ताला झुण्ड्याएर राखेपछि एकातिर राज्यलाई राजश्व घाटा भइरहेको छ भने अर्कोतिर यहाँका व्यवसायीहरू समेत अत्यधिक मर्कामा परेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट