२०८१ कार्तिक २९, बिहिबार | Thu, 14, Nov, 2024

निडस् द्धारा दोदा नदि तटिय क्षेत्रमा वृक्षारोपण कार्यको शुभारम्भ


  • २०८० अषाढ ३०, शनिबार मा प्रकाशित १ साल अघि
  • ३२९ पाठक संख्या
  • लालझाडी,कञ्चनपुर,२९ असार । निडस् नेपालले दोदा नदि तटिय क्षेत्रमा वृक्षारोपण अभियान कार्यक्रमको शुभारम्भ गेरको छ । शुक्रबार एक कार्यक्रमका बिच कञ्चनपुरको लालझाडी लगाएतका केही पालिकामा दोदा नदिले कटान गरेको क्षेत्रमा निडस् नेपालले वृक्षारोपण अभियान कार्यक्रमको शुभारम्भ गेरको हो । आर्थिक विकाश मार्फत विपद जोखिम ब्यावस्थापन परियोजना अन्तरगत निडस् नेपाल,लालझाडी गाँउपालिका,लिवर्ड, मर्सिकोर र सव डिभिजन बन कार्यालय कञ्चनपुरको सहयोगमा दोदा नदि तटिय क्षेत्रमा वृक्षारोपण अभियान कार्यक्रमको शुभारम्भ गरिएको निड्स नेपाल कञ्चनपरका एमरेड परियोजना अन्तरगत कार्यक्रम संयोजक नबिन भट्टले बताउनुभयो । यस्तै नदि तटिय क्षेत्रमा रहेका वस्तिहरु बाढीको जोखिममा रहने भएकाले लालझाडी गाँउपालिका,लिवर्ड र निड्स नेपालको संयुत्त सम्झौता अनुसार भेटेबरको बिरुवा पहिलो फ्रन्ट लाईनमा,त्यसपछि बाँस र फलफुल लगाएतका अन्य जातका बिरुवाहरु लगाउने अभियान रहेको कार्यक्रम संयोजक भट्टले बताउनु भएको छ । लालझाडी गाँउपालिकालाई पहिलो प्राथामिकता दिएर कञ्ज,नन्दगाँउ,खल्लाजाई र चन्दागाँउमा ९ सय मिटर बाँसको जैविक तटवन्ध निर्माण गरिएका स्थानको पछाडी वृक्षारोपण अभियानको थालनी गरिएको कार्यक्रम संयोजक भट्टले जानकारी दिनु भएको छ ।

     

    लालझाडी क्षेत्रमा निडस् नेपालले समुदायमा आधारित विभिन्न कार्यहरु गर्दै आएको र विभिन्न संघ संस्थाको सहयोगमा दोदा नदिले कटान गरेको क्षेत्रमा वृक्षारोपण अभियानको थालनी गरिएकाले स्थानियवासीले बिरुवाहरुको संरक्षण र सम्ब्रदनमा विशेष जोड दिनुपर्ने निडस् नेपालका अध्यक्ष दुर्गा खरेलले बताउनु भएको छ । कार्यक्रममा लालझाडी गाँउपालिकाका उपाध्यक्ष सपना चौधरी रानाले नदि तटिय क्षेत्रमा रहेका बस्तिहरु बाढीको जोखिममा रहने भएकाले वृक्षारोपण गर्दा जमिन कटानको समस्यालाई केहीहद नियन्त्रण गर्ने भएकाले वृक्षारोपण अभियानमा सबैले हातेमालो गरेर अगाडी बढन सबैमा आग्रह गर्नु भएको छ । यस्तै उपाध्यक्ष रानाले समुदायमा आधारित वृक्षारोपण लगाएतका कार्यक्रमको आयोजना गरेर पालिकाका जनातालाई ज्ञान,सिप र सहयोग प्रदान गरेकोमा निड्स नेपाललाई बिशेष धन्यवाद ज्ञापन गर्नुभयो । वृक्षारोपण गरेका क्षेत्रमा विरुवाहरुको संरक्षण र सम्ब्रदनमा विशेष जोड दिने सि.डि.एम.सि.का अध्यक्षले प्रतिवद्धता जनाउनु भएको छ । वृक्षारोपण अभियान कार्यक्रममा लालझाडी गाँउपालिकाका जनप्रतिनिधि,कर्मचारी, निड्स नेपालका कर्मचारी,पत्रकार र स्थानियबासीको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट