२०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

निर्धन उत्थान लघुबित्त बित्तीय सस्था बेलौरी शाखा द्वारा बिमा बापतको रकम भुक्तानी


  • २०८० अषाढ ३०, शनिबार मा प्रकाशित २ साल अघि
  • १०१४ पाठक संख्या
  • माधब पौडेल , ३०असार ।कञ्चनपुरको बेलौरी बजारमा शाखा कार्यालय रहेको निर्धन उत्थान लघुबित्त बित्तीय सस्थाले आफ्ना समुहका सदस्य लाई ग्रामीण कर्जा बिमा बापतको रकम भुक्तानी गरेको हो।

    शुक्रबार पुनर्वास नगरपालिका वडा नम्बर १ को ढक्कामा बस्ने सदस्य अस कुमारी चौधरीको मृत्यु पश्चात् उनको श्रीमान कनपुरे चौधरी लाई ग्रामीण कर्जा बिमा बापतको रकम रु १७२०२०।- रुपैयाँ भुक्तानी गरेको निर्धन लघुबित्त बित्तीय सस्था बेलौरी शाखाका प्रमुख बिरेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो ।

    सस्थाले आफ्ना ग्राहक सदस्यहरु लाई आयस्तर वृद्धिका लागि बाख्रापालन ,कुखुरापालन , तरकारी खेती तथा  बित्तिय साक्षर तालिम प्रदान गर्दै आइरहेको छ।साथै गैर आर्थिक कारोबार सामाजिक उत्तर दायित्व अन्तर्गत दिने सेवाहरुमा शिक्षा क्षेत्रमा सस्थामा आवद्ध रहेका सदस्यका गरिब तथा जेहेन्दार छोराछोरी लाई हरेक बर्ष २ जना लाई छात्रवृत्ति प्रदान ,घातक रोग लागेका परिवारहरुलाई उपचारमा राहत स्वरुप सहयोग,सुत्केरी पोषण खर्च,दैबिक प्रकोप जस्ता कार्यमा राहत बितरण गर्दैआइरहेको प्रमुख चौधरीले बताउनुभयो । निर्धन उत्थान लघुबित्त बित्तीय सस्थाले देशभर ७७ वटै जिल्लाबाट सेवा दिइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट