२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

लागू औषध खैरो हेरोइन सहित पुनर्वास नगरपालिकाका कर्मचारी समेत गरी दुई पक्राउ


  • २०८० अषाढ २९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३२४ पाठक संख्या
  • पुनर्वास, कञ्चनपुर, २९ असार । कञ्चनपुरको पुनर्वासबाट लागू औषध सहित नगरपालिकाका कर्मचारी समेत गरी दुई पक्राउ परेका छन् । पुनर्वास नगरपालिकामा कार्यरत कर्मचारी पुनर्वास ५ मदनटोल बस्ने २८ वर्षीय कृष्ण प्रसाद बडू र पुनर्वास ४ घ गाउँ बस्ने २८ वर्षीय असीम थापालाई शुक्रबार दिउँसो पुनर्वास ६ ङ गाउँ स्थित नयाँ निर्माणाधीन घरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेश राज मल्लले जानकारी दिनुभयो । पक्राउ परेका मध्येका बडू यसअघि पुनर्वास नगरपालिका वडा नम्बर १० का वडा सचिव थिए । दुई हप्ताअघि उनको ठाउँमा नगरपालिकाले नयाँ वडा सचिव पठाएपछि उनी केही दिन मात्रै वडामा हाजिर भएको र पछिल्लो केही दिनयता उनी वडामा हाजिर नभएको वडा अध्यक्ष शुकदेव रानाले बताउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट