२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

कञ्चनपुरको दक्षिणी क्षेत्र क्षणिक वर्षामै जलमग्न:सामाजिक सञ्जाल भरी निक्कै आलोचना 


  • २०८० अषाढ २७, बुधबार मा प्रकाशित २ साल अघि
  • १०८९ पाठक संख्या
  • बेलौरी, कञ्चनपुर, २७ असार । केही घण्टा मात्रै भएको वर्षाले कञ्चनपुरको दक्षिणी क्षेत्र जलमग्न भएको छ । बुधबार बिहान केही समय परेको वर्षाले कञ्चनपुरका बेलौरी, पुनर्वास र लालझाडीका अधिकांश बस्तीमा पानी भरिएको छ । नदी तथा खोलाहरूमा समेत जल स्तर बढेको छ । ग्रामीण क्षेत्र मात्रै होइन यहाँका बजार क्षेत्र पनि जलमग्न भएका छन् । बजार क्षेत्रमा पानीको उचित निकास नहुँदा केही घण्टा मात्रै परेको झरीले बजार क्षेत्र जलमग्न भएका हुन् ।

    अहिले पुनर्वासको आई.बी.आर.डी. बजार, बेलौरीको बेलौरी बजार नजिकैको क्षेत्रमा पानी भरिएका दृश्यहरू सामाजिक सञ्जालमा छरपस्ट देखिन्छन् । ती दृश्यसँगै सो क्षेत्रका जनप्रतिनिधि र सरोकारवालाहरूको चर्को आलोचना भइरहेको छ । जनताको नजिकको सरकारको रूपमा रहेका स्थानीय तहहरूले अहिलेसम्म यो विषयमा कुनै आधिकारिक धारणा त सार्वजनिक गरेका छैनन् । तर नेतृत्वकर्ताका केही निकटस्थ व्यक्तिहरू भने हरसम्भव बचाउमा लागेको पाइन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट