२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

गोकलपुरमा रहेको लक्ष्मीपुर स्वास्थ्य चौकमा किटजन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना


  • २०८० अषाढ ११, सोमबार मा प्रकाशित १ साल अघि
  • ६३१ पाठक संख्या
  • माधब पौडेल ,कञ्चनपुर,११असार । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मीपुर स्वास्थ्य चौकिमा सोमबार किटजन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ ।लक्ष्मीपुर स्वास्थ्य चौकिको आयोजनामा बिषेश गरेर औलो,डेंगु र स्क्रब टाइफस रोगहरु यो समयमा देखिने भएकाले जनप्रतिनिधि, स्थानिय मेडिकल सञ्चालक,विभिन्न बिधालयका प्र अ, सरोकारवाला विच एक दिने किटजन्य रोग सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । डेंगु, कालाजार, स्क्रव टाइफस, हातीपाइले जस्ता किटजन्य रोगहरुबाट बच्न प्रत्येक व्यक्तिले आ–आफ्नो घर वरिपरि सरसफाई गर्ने,लामखुट्टे, झिंगा, भुसिनाहरुबाट बच्ने उपायहरु अपनाउने, झुल लगाएर सुत्ने, जस्ता उपायहरु अपनाउनु पर्ने लक्ष्मीपुर स्वास्थ्य चौकिका प्रमुख गणेशदत्त पन्तले बताउनुभयो ।

    यस्तै अभिमुखिकरण कार्यक्रममा डेंगु रोगबाट बाच्नका लागी टायर,प्लासटिक लगाएतमा जमेको पानीमा लामखुटटे्ले हुर्काएको लार्भालाइ नष्ट गर्ने र जमेको पानी सफा गर्नु पर्ने र डेंगु रोगबाट बच्न सबैले सरसफाईमा बिशेष ध्यान दिुनुपर्नेमा जोड समेत दिईएको थियो । अभिमुखिकरण कार्यक्रममा किटजन्य रोगका लक्षण, रोकथामका र नियन्त्रणका उपाय बारे जानकारी गराईएको थियो । अभिमुखिकरण कार्यक्रमको अन्त्यमा बोल्दै लक्ष्मीपुर स्वास्थ्य चौकि व्यवस्थापन समिती सदस्य एवं बेलौरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कलबिर चौधरीले डेंगु,औलो ,स्क्रब टाइफस बारेमा न्यूनीकरणका लागि बिधालयस्तर टोलटोलका भलमान्सा र समाजसेवी बुद्धिजीवी समेत लाई राखेर अझै प्रचारप्रसार गर्न सके न्युनता बताउनुभयो ।कार्यक्रम सञ्चालन स्वास्थ्य चौकीका प्रमुख पन्त र ल्याब टेक्निसियन बिष्णु बहादुर खत्रीले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट