२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

बेलडाँडी गाउँपालिकाको आगामी बर्षको बजेट ४६ करोड ९५ लाख ७७ हजार


  • २०८० अषाढ १०, आईतबार मा प्रकाशित १ साल अघि
  • ४५९ पाठक संख्या
  • बेलडाँडी, १० असार ।कञ्चनपुरको बेलडाँडी गाउँ पालिकाले १३ औं गाउँ सभा एवं अधिवेशन सम्पन्न गरेको छ। पालिकाले आर्थिक वर्ष २०८० /०८१ का लागि ४६ करोड ९५ लाख ७७ हजार बिनियोजित गरिएको बेलडाँडी गाउँपालिका का गाउँ प्रबक्ता गज बहादुर बिष्टले जानकारी दिनुभयो ।आगामी बर्षको बजेटमा कृषि , शिक्षा , स्वास्थ्य , स्वरोजगार लगायतका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर गाउँ अधिवेशनमा बजेट प्रस्तुत गरेको बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले बताउनुभयो ।

    बेलडाँडी गाउँपालिकाकी उप प्रमुख शान्ति नाथले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य र गुणस्तरीयता शिक्षा , उत्पादन र आत्मनिर्भर कृषि अर्थतन्त्र , उत्पादन र मर्यादित रोजगारी , वातावरण अनुकुलन दिगो पुर्वाधार बिकास , सार्वजनिक सेवाको सुदृढीकरण र सुशासनको प्रत्याभुती , दिगो पुर्ण र उत्पादनशिल सामाजिक सुरक्षा र संरक्षणको प्रत्याभुती र स्वच्छ खानेपानीको ब्यबस्थापनका लागि आर्थिक वर्ष २०८० /०८१ को नीति तथा कार्यक्रममा समावेश गरि बजेट तर्जुमा गरिएको बेलडाँडी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट