२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

बेलौरी नगरपालिकाको आगामी बर्षको बजेट ८६ करोड ५७ लाख ६७ हजार


  • २०८० अषाढ १०, आईतबार मा प्रकाशित १ साल अघि
  • ६१५ पाठक संख्या
  • बेलौरी , कञ्चनपुर, १० असार । कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८६ करोड ५७ लाख ६७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पोतिलाल चौधरीको सभाध्यक्षतामा सञ्चालन गरिएको बेलौरी नगरपालिकाको नगर सभा एवम् एघारौँ अधिवेशनमा नगर प्रमुख चौधरीले नगरको नीति तथा कार्यक्रम र नगर उपप्रमुख जोगराम चौधरीले बजेट प्रस्तुत गर्नु भएको हो । आर्थिक वर्ष २०८०।०८१ को निति, कार्यक्रम तथा बजेटमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिइएको छ । स्वरोजगारमूलक कार्यक्रमका लागि नगर उद्यमशीलतालाई समेत नगरपालिकाले जोड दिएको छ । नगरपालिकाले १० वटा वडा मध्ये न्युनतम ११ लाख ५० हजारदेखि अधिकतम् २० लाखसम्मको बजेट वडाका लागि विनियोजन गरिएको छ । बेलौरी नगरपालिकाको एघारौँ नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति, कार्यक्रम तथा बजेट पारित समेत गरिएको नगर प्रवक्ता हर्क बहादुर भुलले बताउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट