२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

लालझाडीको चौधौँ गाउँ सभा तथा अधिवेशन : आगामी आर्थिक वर्षको बजेट रु. ४६ करोड ४४ लाख


  • २०८० अषाढ १०, आईतबार मा प्रकाशित १ साल अघि
  • ५४८ पाठक संख्या
  • माधब पौडेल, कञ्चनपुर, १० असार । कञ्चनपुरको लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु. ४६ करोड, ४४ लाख, ४९ हजार ८०० बराबरको बजेट सार्वजनिक गरेको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभाध्यक्षतामा आइतबार आयोजित गाउँ सभा तथा चौधौँ अधिवेशनमा अध्यक्ष रानाले नीति, कार्यक्रम र उपाध्यक्ष सपना चौधरी रानाले बजेट प्रस्तुत गर्नु भएको हो । लालझाडी गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ, स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता आशाराम रानाले बताउनु भएको छ । त्यस्तै गाउँपालिकाका प्रत्येक वडालाई न्युनतम् ४० लाखदेखि अधिकतम् ५५ लाखसम्मको रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । नगर सभाले आइतबार नै उक्त नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरेको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट