२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

पुनर्वासको तेह्रौँ नगर सभा सम्पन्न आगामी आर्थिक वर्षको बजेट रु. ७७ करोड, ८१ लाख, ६४ हजार


  • २०८० अषाढ ८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ७१२ पाठक संख्या
  • पुनर्वास , कञ्चनपुर, ०८ असार । कञ्चनपुरको पुनर्वास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु. ७७ करोड, ८१ लाख, ६४ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको सभाध्यक्षतामा शुक्रबार आयोजित नगर सभा तथा तेह्रौँ अधिवेशनमा नगर उपप्रमुख भुलिया कुमारी रानाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको हो । पुनर्वास नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ, स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको नगर उपप्रमुख रानाले बताउनु भएको छ । त्यस्तै प्रत्येक वडालाई न्युनतम् ४० लाखदेखि अधिकतम् ५६ लाख ५० हजारसम्म रकम विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । नगर सभाले शुक्रबार नै उक्त नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित गरेको पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले जानकारी दिनुभयो ।

    नगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने चार जनालाई सम्मान गरेको छ ।


    सुरक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्ल, स्वास्थ्य क्षेत्रको सुधारका लागि रेबिज र सर्पदश उपचारको व्यवस्थाका लागि आर्थिक सहयोग गरी योगदान पुर्‍याउने डा.तारानाथ ढकाल, सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने पुनर्वासका पास्टर खडक सिंह तामाङ र शिक्षा क्षेत्र सुधारमा योगदान पुर्‍याउने सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेललाई सम्मानित गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट